Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको सेयर आजदेखि लिलामीमा

सोमबार, ०९ साउन २०७४, ११ : २४ मा प्रकाशित

नेपाल एसबिआई बैंकको सेयर आजदेखि लिलामीमा

अर्थ संसार, काठमाडौं - नेपाल एसबिआई बैंकले हकप्रद निष्काशनको क्रममा बिक्री नभएको हकप्रद सेयर लिलामीमार्फत  आजदेखि बिक्री खुल्ला भएको छ ।

बैंकले साधारण समुहको चार लाख ६९ हजार ५२ कित्ता सेयर बोलकबोल मार्फत लिलाममा बिक्री गरेको हो ।

लिलामीमा आगामी आजदेखि गतेदेखि आवेदन दिन सकिने बैंकले जनाएको छ । साउन १६ गतेसम्म इच्छुकले तोकिएको ठाउँमा गोप्य प्रस्ताव पेश गर्न सक्नेछन् । लिलामीको नतिजा साउन १८ गते प्रकाशित गरिने बैंकले प्रष्ट पारेको छ ।

बैंकको सेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँ मुल्यमा कम्तीमा १०० कित्ताका लागि साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् ।नेपाल एसबिआई बैंकको शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिट लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

किन्ने होइन बैंकको एफपिओ ? पूँजी बढाउन धमाधम आउँदै छ एफपिओ

बैंक खाता अत्यावधिक गर्नुहोस्, नत्र डिम्याट खाता बन्द होला 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको