Like us!
Follow us!
Connect us!
Watch us!

बैंक खाता अत्यावधिक गर्नुहोस्, नत्र डिम्याट खाता बन्द होला

सोमबार, ०९ साउन २०७४, ०८ : ५४ मा प्रकाशित

बैंक खाता अत्यावधिक गर्नुहोस्, नत्र डिम्याट खाता बन्द होला

र्थसंसार, काठमाडौं – बैंक खाता अत्यावधिक नभए अब सेयरको हिताग्रहि खाता बन्द हुने भएको छ । केन्द्रिय निक्षेप प्रणालीले बैंक खाता अत्यावधिक नगर्नेको डिम्याट खाता बन्द गरिदिने  भएको छ ।

सीडिएससीले अत्यावधिक गर्ने समयमा चैत सम्म दिएको थियो केहि निक्षेप सदस्यहरुको अनुरोधमा खाता  अत्यावधिक गर्ने समय बढाइएको थियो । अब भने सीडिएससीले सुचना  जारी गरेर अध्यावधिक नभएका खाता बन्द गर्ने कार्यकारी निर्देशक देवप्रकास गुप्ताले जानकारी दिए ।

‘हिताग्रहि खातावालाहरुले बैंक खाता अत्यावधिक नगरे उनीहरुको सम्पूर्ण कारोवार बन्द गर्ने छौ ’  गुप्ताले भने । केन्द्रिय निक्षेप प्रणलीले साधरण सेयर भर्न र बैंक खातामै सिधा नगद लाभांस रकम पठाउनका लागि बनाएको सफ्टवेयरमा  बैंक खाता अनिवार्य राख्नुपर्ने हुन्छ । त्यसैले अत्यावधिक नगर्ने लगानीकर्ताको खाता बन्द गर्न बाध्यता भएको उनले जानकारी दिए ।

लगानीकर्ताको खातामा सिधै लाभांश रकम पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै  उनले क्लियरिङ्ग बैंकमार्फत् नगत लाभांश पठाउने या सोझै लगानीकर्ताको बैंक खातामा  पठाउने भन्ने टुङ्गो गर्न लागिएको बताए ।
पछिल्लो समय  खाता न्यून रकमको लाभांश लिन जादासमेत खर्च बढि लाग्ने गरेको गुनासो लगानीकर्ताले  गर्दै आएका थिए ।

विभिन्न कम्पनीले लाभांश बाँड्दा समेत कतिपय लगानीकर्ताको लगेका छैनन् । यसले गर्दा लगानीकर्ताको लाभांश  कम्पनीमै थुप्रिने गरेको छ । यही समस्यालाई सम्बोधन गर्न कम्पनी रजिस्ट्रार कार्यलयले लगानीकर्ता संरक्षण कोष स्थापना गरेको छ ।

केद्रिय निक्षप प्रणालीले सिधै बैंकमा नगद लाभांश जम्मा गरी दिएपछि नगद लाभांश नबुझ्ने समस्या अन्त्य हुने गुप्ताको दावी छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको