Like us!
Follow us!
Connect us!
Watch us!

ढलेको पोल नबन्दा एक महिनादेखि दुई गाउँ अन्धकार

आइतबार, ०१ साउन २०७४, ११ : ४२ मा प्रकाशित

ढलेको पोल नबन्दा एक महिनादेखि दुई गाउँ अन्धकार

अर्थ संसार ( फलेवास पर्वत)– विगत एक महिनादेखि यहाँका दुई गाउँ अन्धकार बनेका छन् । वाहुरीसँगै पोल ढलेका कारण विद्युत् आपूर्ति बन्द भएको हो ।

दक्षिण पर्वतको बिहादी गाउँपालिकाको वडा नं २ र ३ रानीपानी र बराचौर अन्धकारमय बनेका हुन् । हावाहुरीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति मर्मतका लागि सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा साविकका बर्राचौर र रानीपानी गाविसका करिब एक हजार ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

रानीपानीको बरारुखमा रहेको मुख्य लाइनको फ्यूज गएको करिब एक महिना हुँदा एउटा फ्यूजसमेत प्राविधिकले नराखिदिँदा त्यहाँका नागरिक समस्यामा परेको स्थानीयवासी गणेश पराजुलीले जानकारी दिनुभयो ।

गाउँमा लाइन विस्तार गरिएका काठका पोल भाँचिएकाले पनि विद्युत् आपूर्तिमा समस्या भएको हो । रानीपानीका वडा प्राविधिकलाई खबर गर्दा मर्मतमा चासो नदिएकाले अझै केही दिन मर्मत गर्न नसकिने बताएको स्थानीयवासी लीलाधर पराजुलीले गुनासो गर्नुभयो ।

विद्युत् आपूर्ति बन्द हुँदा गाउँमा खाना पकाउन, मोबाइल चार्ज गर्न तथा कुटानी पिसानी र स्थानीय फर्निचर उद्योगलाई बढी समस्या परेको छ । विद्युत्को अभावले स्थानीयवासी सञ्चारको पहुँचबाट वञ्चित बनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको