Like us!
Follow us!
Connect us!
Watch us!

सेयर खरिद–बिक्री कमिशनमा भ्याट

आइतबार, ०१ साउन २०७४, ०५ : ०० मा प्रकाशित

सेयर खरिद–बिक्री कमिशनमा भ्याट


अर्थ संसार, काठमाडौै–आन्तरिक राजस्व विभागले आजदेखि सेयर ब्रोकरको कमिशनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ ।

ब्रोकर एशोसिएनका पदाधिकारीहरुसँगको छलफलमा राजस्व विभागका निमित्त महानिर्देशक चन्द्रकला पौडेलसहितको टोलीले ब्रोकरहरुसँगको छलफल गरेर नयाँ आर्थिक वर्षदेखि कमिशनमा भ्याट थप गरेर लगानीकर्तालाई बिल काट्ने सहमति गरेका थिए ।

राजस्वा विभागका प्रतिनिधिहरुले साउन १ गतेदेखि ब्रोकर कमिशनमा १३ प्रतिशत भ्याट लगाउने प्रस्ताव गरेका थियो । छलफलमा ब्रोकरहरु भ्याटमा जान तयार भएको तर कमिशनमा लाग्ने भ्याट लगानीकर्ताबाट उठाउन पाउनुपर्ने अडान राखेका थिए ।

यस अघि पुरानो ५ बर्षदेखिको भ्याट रकम जरिवानासहित ब्रोकहरुले तिनुृपर्ने निर्णय भई कर निर्धारण भएकोमा सो विषयमा के गर्ने भन्ने टुँगो लागिसकेको छैन ।

ब्रोकरहरु आफूले नउठाएको भ्याट नतिर्ने अडानमा छन भने कर कार्यालयले कर निर्धाण गरिसकेकाले तिुर्नपर्ने जनाएको छ । यसअघि महालेखापरिक्षकले पुतलीसडक र न्यूरोडका ९ वटा ब्रोकर कम्पनीबाट भ्याट रकम उठाउनुपर्ने भन्दै बेरुजु निकालेको थियो ।

कुनै पनि लगानीकर्ताले एक हजारको कारोबार गरेमा ब्रोकर कमिशनवापत् शून्य दशमलव ६ प्रतिशत अर्थात् ६ रुपैयाँ र नेपाल धितोपत्र बोर्डलाई बुझाउने शून्य दशमलव शून्य १५ प्रतिशत अर्थात् १५ पैसा र भ्याटवापत्को ७८ पैसा गरी जम्मा ९३ पैसा कर तिर्नुपर्ने हुन्छ । यसअघि एक हजारको कारोबार गर्दा ६ रुपैयाँ १५ पैसामात्र कर तिरे पुग्ने थियो ।

सेयर बजारलाई वित्तिय क्षेत्रका रुपमा लिइएको र वित्तिय क्षेत्रमा भ्याट नलाग्ने कानून प्रावधान भएको विषयलाई ब्रोकरले उठाउँदै आएका छन् ।

विभागले वित्तिय क्षेत्र अन्तर्गत पानमा दर्ता भएका कम्पनीलाई समेत भ्याटको मूल्यांकन गरी बेरुजु देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा लाग्दै आएको भ्याट पनि व्यावहारिक नभएकोले हटाइएको थियो ।

आन्तरिक राजस्व विभागले इन्भेष्टमेन्ट म्यानेजमेन्ट, सुन्धारा सेक्युरिटिज र सेवा सेक्युरिटिजलाई चचार वर्षको कमिशन रकमको भ्याट दाखिला गर्न पत्रचार  गरेको थियो ।

उनीहरुलाई भ्याट, जरिवाना र हर्जाना गरी ६० लाखदेखि २ करोडसम्म बुझाउन १५ दिने म्याद दिएको थियो । भ्याट दाखिलासम्बन्धी पत्र काटेपछि ब्रोकरले असार २२ गते बिहीबार सेयर कारोबार नै बन्द गराएका थिए ।

तर मन्त्रालयमा भएको छलफलपछि उनीहरुले असार २५ गतेदेखि पुन सेयर कारोबार खोलेका थिए । सेयर कारोकारको शून्य दशमलव ६ प्रतिशतसम्म ब्रोकरले कमिशन पाउने व्यवस्था गरिएको छ ।

राजस्व विभागका अधिकारीहरुले ब्रोकहरु पहिले भ्याटमा आए र तिर्न थालेपछि यो विषय आफै टुंगोमा पुग्ने भन्दै ब्रोकरलाई आश्वास्त पार्न खोजेपनि ब्रोकरहरुले पुरानो भ्याटको विषयमा पनि निर्णय गरीनु पर्ने माग गर्दै आएका छन् ।

भ्याटमा जाँदा ब्रोकरहरुले अहिले सञ्चालन गरिरहेको सफ्टवेर अपग्रेड गर्नुपर्ने र ब्रोकरको सिसटम तथा सफ्टवेयर राजस्वबाट प्रमाणिकरण गर्नुपर्ने हुन्छ । यी दुई काम चाँडो भन्दा चाँडो सक्न आग्रह गर्दै ब्रोकरहरुले यी काम नसकी भ्याट तिर्न नसकिने बताउँदै आएका छन् ।

ब्रोकरहरुको अनुसार आफूहरु मध्यसतकर्ता मात्रै भएकाले ब्रोकर कमिशनमा लागने भ्याट लगानीकर्ताहरुले नै तिर्नपर्ने तर्क राखेका छन् । –सेयर बजारबाट 

यो पनि पढ्नुहोस्

अन्तर बैंक क्लियरिङ शुल्क आजदेखि घट्यो

आजदेखि मतदाता नामावली  पुनः सुरु 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको