Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर बैंक क्लियरिङ शुल्क आजदेखि घट्यो

आइतबार, ०१ साउन २०७४, ०५ : ५२ मा प्रकाशित

अन्तर बैंक क्लियरिङ शुल्क आजदेखि  घट्यो

अर्थ संसार, अर्थ संसार, काठमाडौँ– सेयरमा लगानी गरिहरनु भएको छ र तपाईले अन्तर बैंक क्लियरिङ शुलक बढी तिर्दा तिर्दा हैरान हुनुभएको छ । त्यस्तो समस्यामा पर्दै आउनु भएको छ भने अब त्यो समसया केही हदसम्म समाधान हुने भउको छ ।

आगामी साउन १ देखि लागु हुनेगरी अन्तर बैंक क्लियरिङ शुल्कमा समायोजन भएको छ ।
पश्चात् क्लियरिङ्ग हाउसले आफ्नो कारोबारमा शुल्कको सिमा आधारमा २ रुपैयाँदेखि रु १५ सम्म कायम गरेको छ ।

विदेशी मुद्रा कारोबारको हकमा कारोबार शुल्क  रु १५ राखिएको छ । हाल रु  २ देखि रु एक सय सम्म शुल्क रहेको थियो ।

कम्पनीको नया व्यवस्था अनुसार नेपाली मुद्राको कारोबार सिमा  ५०० सम्म शुल्क रु २, ५ सय देखि देखि ५ हजारसम्म शुल्क रु ५ छ । यस्तै ५ हजार देखि ५० हजारसम्म रु १० र ५० हजार माथिको कारोबार रु १५ शुल्क लाग्ने छ ।

यो पनि पढ्नुहोस्

आजदेखि सेयर खरिद–बिक्री कमिशनमा भ्याट 

आजदेखि मतदाता नामावली  पुनः सुरु 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको