Like us!
Follow us!
Connect us!
Watch us!

मुग्लिन नारायणगढ सडक खण्डमा राती सवारी नचलाउन संसदीय समितिको निर्देशन

मंगलबार, २० असार २०७४, १४ : ४७ मा प्रकाशित

मुग्लिन नारायणगढ सडक खण्डमा राती सवारी नचलाउन संसदीय समितिको निर्देशन

अर्थ संसार, काठमाडौँ– मुग्लिन नारायणगढ सडक खण्डमा दैनिक जोखिम बढ्दै गएको छ । अकालमा दर्जनौ नागरिकको जयान गएको छ । सडक निर्माणको ठेक्का पाएको निर्माण व्यावसायीले समयमा काम सम्पन्न गर्न नसक्दा हजारौ नागरिकले हैरानी खेप्नु परेको छ ।

सरकारले निर्माण व्यावसायीलाई कारवाहीको दायरामा लयाउन समेत सकेको छैन । जसका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन ।

२१ भन्दा बढी स्थानमा पहिरोको जोखिम  रहेको छ । कृष्णभीर नै बिर्साउने खालको जोखिम बढेको छ । तर सम्बद्ध पक्षले विशेष ध्यान दिन सकेको छैन ।

सोही सन्दर्भमा संसदको विकास समितिले स्तरोन्नतीको क्रममा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा राति सवारी साधन पूर्णरुपमा बन्देज गर्न  निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
 
समिति सभापति रविन्द्र अधिकारीले मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको र राति यो जोखिम थप बढ्ने भएकाले सवारी बन्देज गर्न निर्देशन दिइएको बताए ।

समितिले केही दिन अघि यो सडक खण्डको अनुगमन गरेको थियो ।समितिले नागढुंगा क्षेत्रको सडकमा रहेको बिजुलीको पोलगायत अवरोध हटाउनसमेत निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाको अन्तरवार्तामाथि जनताको चर्काे टिप्पणी

सिन्धुपाल्चोकमा ४३ मेगावाटको अपर नेशम हाइड्रो बन्दै,स्थानीयलाई दश प्रतिशत सेयर सुनिश्चित

मुग्लिन नारायणगढ सडक खण्डमा राती सवारी नचलाउन संसदीय समितिको निर्देशन

तीन महिनाभित्र काठमाडौँको अव्यवस्थित तार हटाउन संसदीय समितिको निर्देशनतीन महिनामा सम्भव छैन सरोकारवाला

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको