Like us!
Follow us!
Connect us!
Watch us!
सामाजिक सञ्जालमा सर्वसाधारणको टिप्पणी जस्ताको तस्तै

प्रधानमन्त्री देउवाको अन्तरवार्तामाथि जनताको चर्काे टिप्पणी

मंगलबार, २० असार २०७४, ०८ : ०२ मा प्रकाशित

अर्थ संसार,काठमाडौं– हिजाआज सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्ता भाइरल भएको छ । साझा सवालको ५ सय अंकमा लिएको अन्तरवार्ता अहिले सामाजि सञ्जालमा भाईरल भएको हो ।

अन्तरवार्ता लिने क्रममा सर्व सर्वसाधारण जनताले सोधिएको प्रश्नलाई प्रधानमन्त्री देउवाको उत्तर दिने शैलीलाई लिएर सकारात्मक भन्दा पनि नकारात्मक टिप्पणी गर्नेको संख्या ठूलो छ ।

देशको प्रधानमन्त्रीले उत्तर दिने शैली र भाषाा छनोटप्रति आम नेपाली जनताले खण्डन गरेका छन् । अन्तरवार्ताको भिडियो सामाजिक सञ्जाल युटुवमा केही दिन अघि उपलोड भएको थियो ।

अन्तरवार्ताको भिडियो हेरेपछि सामाजिक सञ्जाल फेसवुक र ट्विटरमामा कमेन्ट गर्नेको नेपालीको संख्या पनि ह्वात्तै बढेको देखिन्छ ।  अन्तरवार्ता सुनेका आम नेपालीले नेपालीको भविष्यमाथि प्रश्न चिन्ह खडा गरेका छन् ।

देशको विकास भन्दा पनि विनाश हुने चिन्ता व्यक्त गरेका छन् । निरु थापा आफ्नो ट्विटरमा लेख्छिन् ‘ आँखामा आँखा जुधाएर जनताको प्रश्न दिन नसक्ने प्रधानमन्त्री हामीलाई चाहिदैन ।’

त्यस्तै नविन अधिकारी लेख्छन ‘ जनताको प्रश्नमा प्रधानमन्त्री जिम्मेवारी भएको देखिएन, यस्ता प्रधानमन्त्रीले देश र जनताको विकास गर्छन भनेर के विश्वास गर्ने ।’ यी दुई त नमूना मात्र हो । निरु र नविन जस्ता अहिले सामाजिक सञ्जालमा प्रमको अन्तरवार्तामाथि टिप्पणी गर्नेनको संख्या लाखौँ भेटिन्छन् ।

अन्तरवार्तामा प्रधानमन्त्री देउवाले व्यवस्थापिका संसदमा आफू बहुमतिबाट प्रधानमन्त्री भएको भन्दै सर्वसाधारण जनताको प्रश्नलाई त्यति ख्यान नगरको देख्निछ । प्रधानमन्त्रीको यो भनाइलाई खण्डन गर्दै सामाजि सञ्जालमा जनताको मतले नै सांसद्लाई संसदमा पुगेको भन्दै सम्झाएका छन् ।

 

595afb3830d54.jpg 595afb42c849f.jpg 595afb4f77ea1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको