Like us!
Follow us!
Connect us!
Watch us!
स्थानीयलाई दश प्रतिशत सेयर सुनिश्चित

सिन्धुपाल्चोकमा ४३ मेगावाटको अपर नेशम हाइड्रो बन्दै

मंगलबार, २० असार २०७४, १३ : २६ मा प्रकाशित

सिन्धुपाल्चोकमा ४३ मेगावाटको अपर नेशम हाइड्रो बन्दै

अर्थ संसार, काठमाडौँ– सिन्धुपाल्चोकको मध्यक्षेत्रमा पर्ने बलेफी (ब्रम्हायणी) करिडोरमा ४३ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ ।

साविक गुम्बा गाविस– ८ हाल जुगल गाउँपालिका– ३ स्थित अम्बाखर्कमा विद्युतगृह निर्माण गरिने ‘अपर नेशम खोला जलविद्युत्’ आयोजनाको ३४ किलोमिटर प्रवेश मार्गमध्ये २६ किलोमिटर सडकको निर्माण भइसकेको आयोजनाका अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले बताए।

सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडद्वारा रु ६ अर्ब ६० करोडको लागतमा निर्माण हुन लागेको सो आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) समेत भइसकेको छ ।

आयोजनाका लागि सोही गाउँपालिका अन्तर्गत तत्कालीन पाङताङ गाविसमा सवस्टेसन निर्माण गर्ने कार्यक्रम रहेको र त्यसका लागि ७५ करोड बजेट स्वीकृत भई जग्गा खरिदसमेत भइसकेको छ ।

अन्य कामको लागि बोलपत्र आह्वानको प्रक्रियामा छ । सवस्टेसनको काम सम्पन्न भएपछि आयोजनास्थलबाट त्यहाँसम्म १५ किलोमिटर प्रशारण लाइन निर्माण गरी उत्पादित विद्युत्लाई राष्ट्रिय विद्युत् लाइनमा जोडिनेछ।

विसं २०७७को असारमसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको उक्त आयोजनामा एक हजार ३०० मिटर सुरुङमार्ग निर्माण गरिनेछ ।

आयोजनाबाट जिल्लावासीलाई १० प्रतिशत र सर्वसाधारणको लागि २५ प्रतिशत सेयर वितरण गरिने आयोजनाका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले जानकारी दिए।

उक्त करिडोरमा ३६ मेगावाटको अपर बलेफी, १० दशमलव छ मेगावार्टको बलेफी ‘ए’ आयोजना निर्माण भइरहेको छ भने २० मेगावाटको तल्लो बलेफी निर्माणाधिन छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाको अन्तरवार्तामाथि जनताको चर्काे टिप्पणी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको