Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट नेपालको जनसंख्या ३ करोड नाघ्याे

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, १५ : ३९ मा प्रकाशित

आजबाट नेपालको जनसंख्या ३ करोड नाघ्याे

अर्थ संसार, काठमाडौं - नेपालकाे कुल जनसंख्या आजबाट ३ कराेड नाघेकाे छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्नमा नेपालको जनसंख्या ३ करोड ६ सय ३४ जना देखाइएको छ ।

उक्त जनसंख्या घडी राष्ट्रिय जनगणना २०६८ को आधारमा निर्धारण गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिएका छन् । नेपालकाे १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

यसअघि २०६८ सालमा भएको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको