Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर फर्किए थप २१ जना

निशा हुमाँगाई

सोमबार, २६ जेठ २०७७, १६ : ४६ मा प्रकाशित

कोरोनालाई जितेर फर्किए थप २१ जना

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (साेमबार) कोरोना भाइरसबाट संक्रमित थप २१ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ४८८ जना पुगेको छ । जसमध्ये ४१९ जना पुरूष र ६९ जना महिला रहेका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले साेमबार थप २१ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । 

बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नरैनापुरका २० जना र युनिफाइड कमाण्ड कोभिड अस्पताल बलम्बुबाट एक जना निको भएर डिस्चार्ज भएका हुन् । 

5ede1d2f5fd0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको