Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो त्रैमाससम्म २० वटा विकास बैंकको ३ खर्ब ६२ अर्ब निक्षेप संकलन हुँदा कति भाे कर्जा प्रवाह ?

निशा हुमाँगाई

सोमबार, २६ जेठ २०७७, १५ : १५ मा प्रकाशित

तेस्रो त्रैमाससम्म २० वटा विकास बैंकको ३ खर्ब ६२ अर्ब निक्षेप संकलन हुँदा कति भाे कर्जा प्रवाह ?

अर्थ संसार, काठमाडौं – चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमाससम्ममा २० वटा विकास बैंकले ३ खर्ब ६२ अर्ब रूपैयाँ बराबरकाे निक्षेप संकलन गरेका छन् । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २३ दशमलव ९४ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा २० वटा विकास बैंकहरूकाे २ खर्ब ९२ अर्ब रूपैयाँ बराबरकाे निक्षेप संकलन भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा २० वटा विकास बैंकहरूले ३ खर्ब २६ अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह गरेका छन् ।  उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २२ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा २० वटा विकास बैंकहरूले २ खर्ब ६७ अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह गरेका थिए ।

२० वटा विकास बैंकहरूकाे निक्षेप संकलन र कर्जा प्रवाहकाे विवरण तल उल्लेख गरे अनुसार रहेकाे छ : 

5ede0582c2d6b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको