Like us!
Follow us!
Connect us!
Watch us!

आस्वा प्रणालीले ल्यायो बहार, थप सहज हुँदैछ सेयरमा लगानी गर्ने प्रक्रिया

शनिबार, १२ चैत्र २०७३, ०९ : ४१ मा प्रकाशित

आस्वा प्रणालीले ल्यायो बहार, थप सहज हुँदैछ सेयरमा लगानी गर्ने प्रक्रिया

अर्थ संसार
काठमाडौं– धितोपत्रले बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउनको लागि आवश्यक प्रक्रिया के के गर्न सकिन्छ र बैंक तथा वित्तिय संस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा प्रक्रिया सुरु गरेको छ । 

बोर्डले गत माघदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । सो प्रक्रिया कार्यान्वयनमा ल्याएपछि बजार सहज भएको र लगानीकर्ताले समेत सहज महसुस गरेको भन्दै बोर्डले थप सहजीकरण गर्ने बारेमा छलफल सुरु गरेको हो । 

हालसम्म उक्त प्रणालीबाट समेत फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, यूनाईटेड मोदी र स्ट्याण्डर्ड चार्टर्ड बैंक गरेर तीन कम्पनीले सार्वजनिक सेयर निष्कासन गरेका छन् । 

आस्वा प्रणालीमा औसतमा संकलित रकमको आधारमा ५० प्रतिशत तथा संकलित आवेदन फारमको आधारमा ४५ प्रतिशत भन्दा बढी संकलन भएबाट आस्बा प्रणालीमा लगानीकर्ताहरुको सहभागितामा वृद्धि हँुदै गएको पाइएको छ । 

बोर्डले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोर्डमा आस्वा प्रणाली कार्यान्वयन सम्बन्धमा छलफल कार्यक्रमको आयोजना गरी आस्वा प्रणालीलाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि प्रक्रिया अगाडि बढाएको हो । 

छलफलका क्रममा सहभागीहरुबाट आश्वा शुल्कलाई परिमार्जन गर्ने, दरखास्त फारमलाई अझ सरलिकृत गर्न तथा आस्वा सदस्य बैंकबाट मर्चेन्ट बैंकलाई दरखास्त फारम भौतिक रुपमा नपठाई तथ्यांक मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन उपयुक्त हुने लगायतका सुझाव प्राप्त भएको बोर्डले जनाएको छ ।

 बोर्डले छलफल निरन्तर अगाडि बढाउने जनाएको छ । बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिलाई पनि थप सहजीकरण गर्न आग्रह गरेको छ । 

यो पनि पढ्नुहोस् 

प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ] 

पैसा जम्मा गरेर बस्नुहोस्, नेपाल हाइड्रोको करिब करोड कित्ता साधारण सेयर आउँदै 

उद्यम गर्नेलाई सल्लाह दिन खुल्यो इलम

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण कार्य ढिलाई हुनुमा दोषी सरकार कि थ्री गर्जेज ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको