आयोजनाले आगामी चैत्र मसान्तसम्म निर्माण सम्पन्न गरेर सुदूरपश्चिमलाई उज्यालो बनाउने योजना अगाडि सारेको छ । अपि पावरले यसअघि निर्माण गरेको नौगाड साना जलविद्युत् आयोजना १७ महिनामा सम्पन्न गरेको थियो ।
हाल निर्माणको क्रममा रहेको अपर नौगाड जलविद्युत् आयोजनाको क्षमता ८ मेगावाट रहेको छ । निर्माण सुरु भएको पाँच महिनामा ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको म्यानेजिङ डाइरेक्टर सञ्जिव न्यौपानेले जानकारी दिनुभयो ।
आयोजनाले स्थानीय जनशक्तिलाई क्षमता र योग्यताको आधारमा काम दिएको छ । यसले स्थानीय स्तरमा रोजगारी मात्रै प्राप्त भएको छैन, आयोजनामा स्थानीयको अपनत्वलाई समेत सुनिश्चित गरिदिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको अवस्था दुरुह रहेको अवस्थामा निजी क्षेत्रको आयोजनाको प्रगति भने लोभलाग्दो रहेको छ ।
अपर नौगाड जलविद्युत् आयोजनाको कुल लागत रु १४० करोड रहेको छ । त्यसमा रु ४० करोड अपि पावरको लगानी रहेको छ । बाँकी रहेको १०० करोडमा नेपाल उसबिआई बैंकको रु ५५ करोड र प्रभु बैंकको रु ४५ करोड लगानी रहेको छ ।
अपि पावरको क्षमता र योग्यताको मूल्याङकन सेयर सदस्य र नेपाली उपभोक्ताले गरेको उल्लेख गर्दै उनले अपि पावर नेपालको पायनियर जलविद्युत् उत्पादन कम्पनीको रुपमा विकास गरिने विश्वास व्यक्त गरे । अपर नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा जलविद्युत्को उभार मात्रै आउने छैन, त्यसले विकासको मूल समेत फुटाउने, आर्थिक समृद्धिको आधार तयार पार्ने, रोजगारीका नयाँ अवसर सिर्जना हुने तथा स्थानीयलाई सबल एवम् सक्षम बनाउने कम्पनीले विश्वास लिएको छ ।अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस