Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण कार्य ढिलाई हुनुमा दोषी सरकार कि थ्री गर्जेज ?

शुक्रबार, ११ चैत्र २०७३, १७ : ४७ मा प्रकाशित

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण कार्य ढिलाई हुनुमा दोषी सरकार कि थ्री गर्जेज ?

अर्थ संसार 
काठमाडौं–पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउन अटेर गर्दै आएको चीनको थ्री गर्जेजलाई सरकारले कडाईका साथ आग्रह गरेपछि प्रक्रिया सुरु गर्ने भन्दै नेपाल आएको छ । प्रवद्र्धकले पश्चिम सेती नदीको पानीको प्रभाव नाप्ने काम गरिहेको छ ।

सरकारले चेतावनीसहित पत्र लेख्ने तयारी गर्दै गर्दा पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा लिएको थ्री गर्जेजले नेपालमा आएर आफ्नो काम सुरु गरेको जनाएको छ । थ्री गर्जेजको टोलीले पछिल्लो समयमा पश्चिम सेतीमा पानीको बहावको पुनः अध्ययन गर्दैछ ।

यसअघि थ्री गर्जेजले नै पानीको बहाबको बारेमा अध्ययन गरिसकेको थियो । तर, अहिले त्यही अध्ययनलाई पुन जाच गर्दैछ । जनु आवश्यक नै थिएन । विगत एकसातादेखि गर्जेजले आफ्नो काममा तीब्रता दिएको छ । साथै पश्चिम सेतीमा नेपाल विद्युत प्राधिकरणसँग गर्नुपर्ने संयुक्त कम्पनी गठन सम्बन्धी उपक्रमको स्वीकृति मागेको छ ।

 प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ] 

संयुक्त कम्पनी गठन सम्बन्धी प्रस्ताव त नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले पारित गरिसकेको छ । गत पुसको अन्त्यमा गर्जेजले नेपाल बिद्युत प्राधिकरणसँग ज्वाइन्ट भेन्चर एग्रीमेन्ट (जेभिए ) को प्रारम्भिक सम्झौता गरेको थियो । पुस महिनामै र्फकेको थ्री गर्जेज लामोसमय सम्पर्क्विहीनजस्तै भएको थियो ।

उसले पटक पटक पत्राचार गर्दा पनि कुनै पनि प्रतिक्रिया जनाएको थिएन । कुनै पनि प्रतिक्रिया नदिएपछि सरकार अल्टिमेटम सहितको पत्र नै लेख्ने तयारीमा थियो । यस्तै आयोजनाको क्षमता घटाउने तयारी गरिएको बुझिएको छ ।

यसअघि ७५९ काठमाडौं, सरकारले चेतावनीसहित पत्र लेख्ने तयारी गर्दै गर्दा पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा लिएको थ्री गर्जेजले नेपालमा आएर आफ्नो काम सुरु गरेको छ । नेपाल आएको थ्री गर्जेजको टोलीले पछिल्लो समयमा पश्चिम सेतीमा पानीको बहावको पुनः अध्ययन गर्दैछ । यसअघि थ्री गर्जेजले नै पानीको बहाबको बारेमा अध्ययन गरिसकेको थियो ।

तर, अहिले त्यही अध्ययनलाई पुन जाच गर्दैछ ।पुसको अन्त्यतिर थ्री गर्जेजले नेपाल बिद्युत प्राधिकरणसँग ज्वाइन्ट भेन्चर एग्रीमेन्ट (जेभिए ) को प्रारम्भिक सम्झौता गरेको थियो । पुस महिनामै र्फकेको थ्री गर्जेज लामोसमय सम्पर्क्विहीनजस्तै भएको थियो । उसले पटक(पटक पत्राचार गर्दा पनि कुनै पनि प्रतिक्रिया जनाएको थिएन ।

कुनै पनि प्रतिक्रिया नदिएपछि सरकार अल्टिमेटम सहितको पत्र नै लेख्ने तयारीमा थियो । लामो समय कुनै जवाफ नदिएपछि उर्जा मन्त्रालय थ्री गर्जेजको कार्यशैलीप्रति आक्रोशित भएको थियो । सम्झौता भएको तीन दिनभित्रै नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले जेभिए अनुमोदन गरेको भए पनि चिनियाँ कम्पनी थ्री गर्जेजको बोर्डले अहिलेसम्म यस

को अनुमोदन गरेको छैन । बरु अहिले ज्वाइन्ट भेञ्चरका बारेमा ‘क्ल्यारिफिकेसन’ मागेको छ । यसअघि ७ सय ५० मेगावाट क्षमतामा आयोजना बनाउने भनिएपनि क्षमता घटाएर ६०० मेगावाट मात्रै बनाइएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले ले लाइसेन्स होल्ड गरेको ५ वर्ष पुगिसकेको छ । सन् २०१२ को फेब्रअरी महिनामा थ्री गर्जेजसँग पश्चिम सेती निर्माणको सम्झौता भएको थियो ।

तर, विद्युत प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकमको टुङ्गो नलागेसँगै यसको निर्माण कार्य लामो समयसम्म अवरुद्ध भएका थियो । विगत २१ वर्षदेखि बनाउन चाहेर पनि नेपाल सरकारले यो जलविद्युत परियोजना अघि बढाउन सकेको छैन । यसको कुल लागत १ खर्ब ५० अर्ब रुपैयाँ अनुमान गरिएको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको