Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गरेर बस्नुहोस्, नेपाल हाइड्रोको तीन करोड ९० लाख बराबरको साधारण सेयर आउँदै

शनिबार, १२ चैत्र २०७३, ०९ : ०८ मा प्रकाशित

पैसा जम्मा गरेर बस्नुहोस्, नेपाल हाइड्रोको तीन करोड ९० लाख बराबरको  साधारण सेयर आउँदै

अर्थ संसार 
काठमाडौं– नेपाल हाइड्रो पावर कम्पनीले तीन करोड ९० लाख बराबरको साधारण सेयर जारी गर्ने भएको छ । साधारण सेयर जारी गर्नका लागि कम्पनीले धिातेपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको छ ।  

अरु  प्रक्रिया केही दिनमा टुंगो लगाउने र अनुमति दिई सकिएकाले कम्पनीले नै थप कार्य गर्ने जनाएको छ ।  बोर्डले नेपाल हाइड्रोलाई ३ करोड करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासनको लागि अनुमती दिएको हो ।

यसको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ । नेपाल हाइड्रोले दोलखाको चर्नावती खोलामा बनेको ३.५ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ । कम्पनीले आयोजना प्रभावितलाई १० प्रतिशत सेयर निष्कासन गरिसकेको छ ।

सो आयोजना नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारको हो । उद्योगी मुरारकाले जलविद्युत् क्षेत्रमा पनि हात हालेको एउटा आयोजना मध्ये चर्नावती पनि एक हो । सो आयोजनाको कार्यकारी अध्यक्ष भने जलस्रोत विज्ञ ज्ञानेन्द्रलाल प्रधान छन् । 

यो पनि पढ्नुहोस् 

प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ] 

उद्यम गर्नेलाई सल्लाह दिन खुल्यो इलम

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण कार्य ढिलाई हुनुमा दोषी सरकार कि थ्री गर्जेज ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको