Like us!
Follow us!
Connect us!
Watch us!

८५ प्रतिशतले बढ्याे आरम्भ लघुवित्तको नाफा, कस्ताे छ अरू सूचक ?

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १२ : ५० मा प्रकाशित

८५ प्रतिशतले बढ्याे आरम्भ लघुवित्तको नाफा, कस्ताे छ अरू सूचक ?

अर्थ संसार काठमाडाैं - चौतारी लघुवित्तसँग मर्जरमा जान लागेकाे आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ८५.८३ प्रतिशत अर्थात ४८ लाख ४ हजार रुपैयाँ धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी ३१.१३ प्रतिशत अर्थात ७३ लाख ७१ हजार रुपैयाँले बढेर ३ करोड १० लाख ४९ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ३६ लाख रुपैयाँ व्याज आम्दानी गरेकाे थियो । 

संस्थाकाे सञ्चालन मुनाफा पनि  ९३.८२ प्रतिशतले बढेर १ करोड ६३ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ६ करोड ४४ लाख ७८ हजार रुपैयाँ, जगेडा कोष २६०.४१ प्रतिशतले बढेर एक करोड ८४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ६७ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb1131552df7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको