Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा के कति आयात भयाे ?

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, ०८ : ५७ मा प्रकाशित

लकडाउनमा  के कति आयात भयाे ?

अर्थ संसार, काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार लकडाउन शुरु भएपछिको ४० औैँ दिनसम्ममा निम्न अनुसारकाे सामाग्री आयात भएका छन् :

१. औषधि : १ अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ

२. खाद्यान्न : १ लाख २३ हजार ६२७ मेट्रिक टन                  

३. दलहन : ३५ हजार १३१ मेट्रिक टन

४. तरकारी : ५२ हजार ४७९ मेट्रिक टन

५. फलफूल : १६ हजार ८६२ मेट्रिक टन

६. दुग्धजन्य पदार्थ : ११ हजार ५९ मेट्रिक टन

यसैगरी, लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्ताको तुलनामा पाँचौँ हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ ।

भित्रिए ७ सय ट्रक

बन्दाबन्दीमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २५६ ट्रक भित्रिएको, २४७ ट्रक बाहिरिएको र ७१७ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएको, ११२ ट्रक बाहिरिएको र दुई हजार ९४६ ट्रक रोकिएका छन् ।

त्यस्तै, भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएको, १३६ ट्रक बाहिरिएको र २४९ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १४६ ट्रक भित्रिएको, १०५ ट्रक बाहिरिएको र १५४ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको