Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारबाट शेयर बजार बन्द

निशा हुमाँगाई

विहीबार, ०६ चैत्र २०७६, १३ : ११ मा प्रकाशित

आइतबारबाट शेयर बजार बन्द

अर्थ संसार, काठमाडौं - नेपालमा पनि कोरोना भाइरसको त्रास बढेसँगै दोस्रो शेयर बजार बन्द हुने भएको छ । बिहीबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), लगानीकर्ताका ५ वटै संगठन, ब्रोकर एसोसिएसनको संयुक्त छलफलबाट आइतबारदेखि एक हप्ता शेयर बजार बन्द गर्ने निर्णय भएको हो । 

लगानीकर्ताहरुले शेयर कारोबार बन्द गर्न आग्रह गरेसँगै आइतबारबाट एक हप्ताको लागि शेयर कारोबार बन्द गर्न बोर्डसँग आग्रह गरेका थिए ।

नयाँ गभर्नरका ४ प्रमुख जिम्मेवारी - पूर्व गर्भनर हिमालय शमशेर राणा

 बोर्डलाई एक हप्तासम्म मात्र कारोबार रोक्ने अधिकार रहेको हुनाले एक हप्ता पश्चात अर्थमन्त्रालयको स्वीकृति लिएर चैत्र मसान्त सम्मका लागि कारोबार रोक्ने आधिकारिक निर्णय गरिनेछ ।

 सरकारले २५ जना भन्दा धेरै एकै ठाँउमा भेला नहुन निर्देशन दिए पश्चात शेयर लगानीकर्ताहरूले कारोबार बन्द गर्न बोर्डलाई आग्रह गरेका हुन् ।

त्यस्तै, आजबाट नै शेयर ब्रोकर कार्यालयमा रहने शेयर कारोबार सम्बन्धी डिस–प्ले बन्द गरिनेछ । अनलाइन कारोबार भने बिहीबार जारी हुनेछ । 
त्यसैगरी, ५ जनाभन्दा बढीलाई ब्रोकर कार्यालयमा एकसाथ प्रवेश गर्न नदिने, अनिवार्य रूपमा मास्क लगाएर मात्र जानुपर्ने लगायतका व्यवस्था समेत गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको