Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार दुई हजार पार, ४.८ अर्बको कारोबार !

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १५ : १० मा प्रकाशित

सेयरबजार दुई हजार पार, ४.८ अर्बको कारोबार !

यो साताको दुवै कारोबार दिन बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको छ । सोमबार झिनो अङ्कको बढेको सेयरबजारमा आज भने उत्साहजनक कारोबारसहितको वृद्धि देखिएको छ ।

हिजो सोमबार ०.०७ अङ्कले बढेको सेयरबजार आज थप २५.९३ अङ्कले बढेर २००६.२८ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २२ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा कर्पोरेट विकास बैंक, इन्फिनिटी माइक्रोफाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा पोखरा फाइनान्स, गुराँस लघुवित्त र बिएनएल रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज विकास बैंक समूहको उपसूचक सर्वाधिक ४.९ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहको समूहको उपसूचक २.५३ प्रतिशत बढ्यो । यसैगरी फाइनान्स समूहको उपसूचक मात्रै १.१८ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको