Like us!
Follow us!
Connect us!
Watch us!

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

मंगलबार, ०४ चैत्र २०७६, १३ : ५१ मा प्रकाशित

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

अर्थ संसार, काठमाण्डौं - फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप  ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गर्नु भएको छ । 

कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।
 
त्यस्तै, यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले बताउनु भएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको