Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बीमा दाबी भुक्तानी

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १६ : ५३ मा प्रकाशित

कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बीमा दाबी भुक्तानी

अर्थ संसार, काठमाडौं – कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बीमा दाबी भुक्तानी गरीएकाे छ ।

बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरी स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरू विरूद्ध बीमा सुविधा प्रदान गरि आएकोमा, विभिन्न ग्राहकहरूले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ ।

त्यसैगरी, आजको मितिसम्म, ६१ बीमा दाबी भुक्तानीहरू ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरूले १ कराेड ३५ लाख ५ हजार १८३ रूपैयाँ बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् ।

यीमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको बैंकले जनाएकाे छ । उक्त बीमा भुक्तानी अजोड इन्स्योरेन्सको सहकार्यमा गरिएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको