Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा ५.५० अंककाे गिरावट

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १४ : ५९ मा प्रकाशित

शेयर बजारमा ५.५० अंककाे गिरावट

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) पनि शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.५० अंकले घटेकाे छ ।

बुधबार शेयर बजार ६८.४७ अंकले घटेर एक हजार ४३५.७० मा पुगेकाे छ ।नेप्सेको ०.३८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१५ अंकले घटेर ३०७.७२ मा पुगेको छ ।

कूल १७९ कम्पनीकाे ५९ लाख ४० हजार ५३३ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर बढेकाे छ भने सात उपसमूहकाे शेयर घटेकाे छ ।

बिहीबार विकास बैंक २१.२७ अंक, फाइनान्स ७.८१ अंक, अन्य २ अंक, माइक्राेफाइनान्स ४८.०३ अंक र लाइफ इन्स्योरेन्स ७७.८५ अंकले बढेकाे छ ।

त्यसैगरी, बैंकिङ १४.२४ अंक, व्यापार १७.७२ अंक, हाेटल २५.९८ अंक, जलविद्युत ९.३१ अंक, निर्जिवन लाइफ २५.६२ अंक, उत्पादन ३८.९५ अंक र सामूहिक लगानी कोष समूह ०.१४ अंकले घटेकाे छ ।

त्यस्तै, कारोबारका आधारमा आज पनि नेपाल लाइफ इन्स्याेरेन्स नै शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३७ करोड ८७ लाख १९ हजार ८६६ रूपैयाँ बराबरको शेयर कारोबार भएकाे छ ।

        हेराैं आजकाे शेयर तालिका :

5e60c790d45eb.jpg 5e60c79703b6d.jpg 5e60c79cdf9eb.jpg 5e60c7a122d32.jpg 5e60c7a5a7a62.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको