Like us!
Follow us!
Connect us!
Watch us!

२०२४ को चार महिनामा चार लाख बढी पर्यटक नेपाल भित्रिए

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, १२ : ५५ मा प्रकाशित

२०२४ को चार महिनामा चार लाख बढी पर्यटक नेपाल भित्रिए

सन् २०२४ मा नेपाल घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सन् २०२४ को पहिलो चार महिनाको अवधिमा पर्यटक आवागमन चार लाख १५ हजार नाघेको छ । अप्रिल महिनामा मात्रै एक लाख ११ हजार ३७६ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ । कोभिड महामारी भन्दा पहिलेको अवस्थामा भन्दा पनि अहिले पर्यटन आवागमनमा वृद्धि भएको हो । सन् २०१९ को अप्रिलमा एक लाख आठ हजार पर्यटक नेपाल घुम्न आएका थिए ।

यो तथ्यांक हवाईमार्ग हुँदै आएका पर्यटकको मात्र गणना हुँदा स्थलमार्गबाट आएका पर्यटकको पनि तथ्यांक जोड्दा वास्तविक पर्यटक आवागमन थप हुने जनाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार अघिल्लो महिनामा एक लाख २८ हजार एक सय ६७ पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका थिए । अघिल्लो महिनाको तुलनामा भने पर्यटकको संख्यामा सामान्य गिरावट भएको हो ।

अप्रिल महिनामा नेपाल आउने पर्यटकमा छिमेकी मुलुक भारत र चीनका पर्यटकको संख्या नै उच्च रहेको छ । अप्रिलमा भारतबाट ३० हजार एक सय ५८ पर्यटक नेपाल आउँदा अमेरिकाबाट पनि नौ हजार नौ सय ४७ पर्यटक नेपाल आइपुगेका छन् । चीनबाट पनि ९ हजार सात सय ५० पर्यटक नेपाल भित्रिएका छन् । 

नेपाल भित्रिने पर्यटकहरुको अन्य प्रमुख स्रोत देशमा बेलायत, अस्ट्रेलिया, बङ्गलादेश, फ्रान्स, जर्मनी र अस्ट्रेलिया पनि परेका छन् । नेपाल आउने पर्यटकको स्रोत देशको शीर्ष १० देशमा रसिया र माल्दिभ्स पनि रहेका छन् ।

श्रीलंका, थाइल्यान्ड र म्यान्मारबाट अघिल्लो महिना उच्च संख्यामा पर्यटक आएकोमा यसपटक भने ती गन्तव्यबाट पर्यटक घटेका छन् । मनसुनी सिजन लागेसँगै पर्यटकको संख्यामा गिरावट आउने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको