Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्याेरेन्सकाे हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम माैका

निशा हुमाँगाई

सोमबार, १२ फागुन २०७६, ११ : ५५ मा प्रकाशित

शिखर इन्स्याेरेन्सकाे हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार, काठमाडौं – शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर सुरक्षित गर्ने आज (फागुन १२ गते, सोमबार) अन्तिम माैका रहेकाे छ । उक्त हकप्रद शेयर सम्म कायम शेयरधनीहरूले भर्न पाउने भएका छन् ।

कम्पनीले  हकप्रद शेयर निष्काशन प्रयाेजनकाे लागि भाेलि (फागुन १३ गते, मंगलबार) एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएकाे छ ।

त्यस्तै, कम्पनीकाे फागुन १ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे निर्णय अनुसार कम्पनीकाे १४ औँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे ३० प्रतिशत अर्थात १:०.३ काे अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको