Like us!
Follow us!
Connect us!
Watch us!

सिभिललाई शेयरधनी अमृतको सुझाव ‘पार्टनर खोजी हालौं, अन्यथा राम्री केटी उम्केला’ (भिडियोसहित)

अर्थ संसार

आइतबार, ०६ पुस २०७६, १६ : ०१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– शेयरधनी अमृत रेग्मीले सिभिल बैंक लिमिटेडका संचालकहरुलाई  मर्जरको लागि पार्टन खोज्ने आग्रह गरेका छन् । 

आइतबार भएको साधारणसभा बोल्दै शेयरधनी रेग्मीले भने–‘मर्जरको लागि राम्रो पार्टनर खोजौं, अन्यथा हामी बुढा हुँदै हुन्छौं,अनि राम्री र भर्खरको केटी अरुले नै उम्काउँछन् त्यसैले बेलैमा राम्रो पार्टनर खोजर मर्जरमा जाने हो कि ?'  अमृत जस्तै  साधारणसभा बोल्ने अरु शेयरधनीले पनि  राम्रो बैंकलाई खोजेर मर्जरमा जान  वा आफूतिर ल्याउन संचालक समितिलाई आग्रह गरेका छन् ।  

शेयरधनी अमृत रेग्मी जस्तै  अरु शेयरधनीको  मर्जरको विषयमा बोल्दै बैंकका संचालक समितिका अध्यक्षले पार्टनरको विषयमा समिति गठन गरी गहिरो अध्ययन भैरहेको जानकारी दिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको