Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीले घोषणा गरे बम्पर लाभांस, निर्धनले ४०.५३ प्रतिशत घोषणा गर्दा अरुले कति ?

अर्थ संसार

सोमबार, ३० भदौ २०७६, ०८ : ५१ मा प्रकाशित

तीन कम्पनीले घोषणा गरे बम्पर लाभांस, निर्धनले ४०.५३ प्रतिशत घोषणा गर्दा अरुले कति ?

अर्थ संसार, काठमाडौं  तीन वटा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांस दिने घोषणा गरेका छन् । स्टकको अनुसार स्वाभिमान लद्युवि वित्तीय संस्था,जानकीको लाभांश जानकी फाइनान्स कम्पनी लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस घोषणा गरेका हुन् ।

कसको कति लाभांश ?

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड

 संस्थाले गत आवको मुनाफाबाट २५ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले २४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड १८ लाख ६१ हजार रहेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ७ अर्ब ६६ करोड पुग्नेछ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट ४० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रहेको छ । बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्नेछ ।

जानकी फाइनान्स कम्पनी लिमिटेड

जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

भदौ २० गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको