Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल यार्न एण्ड टेक्सटाईल एक्सपो हुँदै

अर्थ संसार

आइतबार, २९ भदौ २०७६, १८ : ३९ मा प्रकाशित

नेपाल यार्न एण्ड टेक्सटाईल एक्सपो हुँदै

अर्थ संसार, काठमाडौं– ‘स्वदेशी लगाऔं, स्वदेशी बनौं’ भन्ने नाराका साथ नेपाल धागो उत्पादक संघले असोज २ गतेदेखि ६ गतेसम्म राजधानीमा नेपाल यार्न एण्ड टेक्सटाईल एक्सपो–२०१९ आयोजना  गर्ने भएको छ ।

 नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामाग्रीहरु कपडा, होजियरी, सर्टिङ सुटिङ, निटिङ्ग तथा स्थानीय गार्मेन्ट आदि बस्तुहरुलाई एउटै छानामुनी समेटेर त्यसको प्रचारप्रसार एवं विक्रीवितरण गर्ने उद्देश्यका साथ उक्त मेलाको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन कुमार गोल्याणले स्वदेशी उत्पादनहरु अन्तर्राष्ट्रि स्तरका गुणस्तरीय हुनका साथै सस्तो पनि भएकाले यसको प्रचार प्रसार आवश्यक रहेको बताए । प्रचारप्रसारको अभावले नेपाली कपडालाई विदेशी कपडा भनेर अहिले बजारमा किनवेच भैरहेको यो विडम्मनामा यो मेलाले स्वदेशी उत्पादनहरुलाई विश्वबजारमा चिनाउन सहयोग पुग्ने अध्यक्ष पवनको दावी छ ।

नेपाल धागो उत्पादक संघको स्थापना वि.सं. २०५३ भएको हो । उक्त संघमा आवद्ध उद्योगहरुले हाल वार्षिक रुपमा करिब ४०,००० मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेको छ । कम्पनीका अनुसार उत्पादनको ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । विगत ६/७ वर्षदेखि भारत तथा युरोपको विशेषतः टर्कीमा निर्यात भइरहेको छ र वार्षिक रुपले निर्यात दरमा वृद्धि समेत भईरहेको कुरा संघले जानकारी गराएको छ ।

नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरुबाट हाल कपडा, सर्टिङ/सुटिङ होजियरी, स्वेयटर आदि विभिन्न उत्पादनमा प्रयोग हुने धागोहरु उत्पादन भइरहेका छन् । यीनै धागो उद्योगहरु तथा यससँग सम्बन्धित अन्य उद्योगको प्रवद्र्धन एवं विकासको लागि नेपाल धागो उत्पादक संघले निरन्तर रुपमा सक्रियभूमिका निर्वाह गर्दै आइरहेको छ ।

साथै मेलामा नेपाली उत्पादकहरुद् घारा उत्पादित गुणस्तरीय धागो, कपडा, सर्टिङ/सुटिङ होजियरी, स्वेयटर सामान तथा  स्थानिय गार्मेन्टहरुको प्रदर्शनी र बिक्रि समेत हुनेछ । नेपालमा  स्थमनीय कपडा तथा गार्मेन्टस्को नयाँ उत्पादन प्रदर्शनी हुनेछ । साथै सुपथ मूल्यमा बिक्री समेत हुनेछ । स्कुल, कलेज तथा कर्मचारीको पोशाकको लागि गुणस्तरीय समान उपलब्ध हुनेछ । साथै नेपाली उत्पादनमा हुने फेशन शो मेलाको आकर्षण समेत हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको