Like us!
Follow us!
Connect us!
Watch us!

साउनबाट विद्युत उत्पादन सुरु गर्दै काबेली ‘बी’–१ जलविद्युत ,सबैभन्दा फाईदा अरुण भ्यालीलाई

मिलन खड्का

विहीबार, १२ असार २०७६, १५ : ४५ मा प्रकाशित

साउनबाट  विद्युत उत्पादन सुरु गर्दै काबेली ‘बी’–१ जलविद्युत ,सबैभन्दा फाईदा अरुण भ्यालीलाई

अर्थ संसार, काठमाडौँ- २५ मेगावाटको काबेली ‘बी’–१ जलविद्युत आयोजनाले साउनदेखि विद्युत उत्पादन सुरु गर्ने भएपछी यसको सबै भन्दा फाईदा अरुण भ्याली हाइड्रो पावर कम्पनीले पाउने देखिएको छ । 

२०७२ सालबाट निर्माण सुरु भएको आयोजनाबाट ४ वर्षपछि विद्युत उत्पादन हुन लागेको हो । असार अन्तिममा आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गर्ने तयारी भइरहेको अरुण काबेली पावर कम्पनीका संचालक इन्द्रमणी त्रितालले जानकारी दिए । उनका अनुसार काबेली कोरिडोर प्रसारण लाइनको काम सुस्त भएकाले एक वर्ष ढिलो गरी विद्युत उत्पादन सुरु हुन लागेको हो । उत्पादन हुने विद्युत काबेली करिडोरको अमरपुर सबस्टेसनमा जोडिने छ ।  

काबेली कोरिडोरमा यो आयोजनासँगै २२.२ मेगावाटको तल्लो हेवा, ९.९ मेगावाटको इवाखोला पनि विद्युत उत्पादन सुरु गर्ने चरणमा छन् ।

विद्युत उत्पादन सुरु गर्ने भएपछी यसको सबै भन्दा फाईदा अरुण भ्याली हाइड्रो पावर कम्पनीले पाउने देखिएको छ ।  अरुण भ्याली हाइड्रो पावर कम्पनीले अरुण काबेली हाइड्रो पावर कम्पनीमा ३६ करोड लगानी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको