Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

कमला भुसाल

बुधबार, ११ असार २०७६, १७ : ०७ मा प्रकाशित

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

अर्थ संसार, काठमाडौं– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।

आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौंमा हालै आयोजित एक कार्यक्रमकाबीच आइएमई पे का तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

आइएमई डिजिटल झन्डै २० हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । 

आईएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको