Like us!
Follow us!
Connect us!
Watch us!

जेठ लागे सँगै सुनको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

कमला भुसाल

सोमबार, ०६ जेठ २०७६, १० : ५३ मा प्रकाशित

जेठ लागे सँगै सुनको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार, काठमाडौं- साताको दोस्रो दिन आज सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ महिना लागेसँगै सुनको मूल्यमा घटबढ हुने क्रम जारी रहेको छ।  आइतबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य सोमबार ५०० रुपैयाँले घटेर ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।  

त्यसैगरी आज तेजाबी सुनको मूल्य ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छ। आइतबार तेजाबी सुनको मूल्य ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।  तेजाबी सुन पनि आइतबारको तुलनामा सोमबार ५०० रुपैयाँले घटेको हो।

महासंघले सोमबारका लागि प्रति १० ग्राम छापवाला सुनको मूल्य ५१ हजार १० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार सात सय ५५ रुपैयाँ कायम गरेको छ।  

त्यस्तै आज चाँदीको मूल्य सात सय ५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय चार रुपैयाँ ५० पैसा कायम गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको