Like us!
Follow us!
Connect us!
Watch us!

१.८७ अंकले बढेको शेयर बजारमा कारोबार रकम कति ?

मंगलबार, २४ बैशाख २०७६, १५ : १८ मा प्रकाशित

१.८७ अंकले बढेको शेयर बजारमा कारोबार रकम कति ?

आजको शेयर तालिका ।

अर्थ संसार,काठमाडौं–  पुँजी बजारमा (आज) मंगलबार झिनो अंकले बढेको छ । (हिजो) सोमबार २१ अंकले बढेको बजार आज १.८७ अंकले मात्रै बढेको छ । सोमबारको तुलनामा कारोबार रकममा भने सुधार भएको छ ।

सोमबार ६३ करोडको कारोबार हुँदा आज ७२ करोड ८८ लाख २८ हजार ७४५ रुपैयाँको कारोबार भएको छ ।

कूल १७६ वटा कम्पनीको २५ लाख २० हजार ७९० कित्ता शेयर कारोबार भएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेभिप परिसूचक समेत ०.२७ अंकले बढेको छ ।

सामान्य अंकले बढेको बजारमा होटल १०१.०७ अंक, डेभलपमेन्ट बैंक २.०२ अंक, जलविद्युत १.३७ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ५.२३ अंक, उत्पादन १५.८१ अंक, अन्य ९.४७ अंक, माइक्रोफाइनान्स ४.१२ अंक र लाइफ इन्स्योरेनस १.०८ अंकले बढेको छन् । यता, बैकिङ २.५६ र फाइनान्स १.९३ अंकले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको