Like us!
Follow us!
Connect us!
Watch us!

भर्नु भयो गुराँस लघुवित्तको आइपीओ ? आज अन्तिम मौका

शुक्रबार, २० बैशाख २०७६, ११ : ०३ मा प्रकाशित

भर्नु भयो गुराँस लघुवित्तको आइपीओ ? आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं– गुराँस लद्युवित्त वित्रीय स.स्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ)मा आवेदन दिने (आज) शुक्रबार अन्तिम दिन रहेको छ ।

बैशाख १६ गतेदेखि निश्कासन भएको यस कम्पनीको आइपिओमा  लगानी गर्न इच्छुक लगानीकर्ताले बैकिङ्ग समयसम्म आवेदन दिन सक्नुहुनेछ ।

१०० अंकित दरका कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निश्कासन गरेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

अहिलेसम्म कति पर्यो त आवेदन ?

 विक्री प्रबन्धक एनआइविएल एस क्यापिटलको अनुसार बिहीबार साँझ ६ बजेसम्म २ लाख ४२ हजार ६३३ आवेदकबाट ४५ लाख ४८ हजार ६० कित्ता खरीदका लागि आवेदन परेको छ। यो भनेको मागको तुलनामा १९।४६ गुणाले बढी हो ।

कुल निश्कासित कित्तामध्ये कम्पनीका कर्मचारीका लागि ३ हजार ८७५ कित्ता, म्युचुअल फण्डहरुका लागि १२ हजार ५०० कित्ता र २ लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।  माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट शेयर बाँडफाँड हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको