Like us!
Follow us!
Connect us!
Watch us!

युनियनको आईपिओ बाँडफाँड : सवै आवेदकले पाए मागेजति शेयर

विहीबार, १९ बैशाख २०७६, १८ : १९ मा प्रकाशित

युनियनको आईपिओ बाँडफाँड : सवै आवेदकले पाए मागेजति शेयर

अर्थ संसार,काठमाडौं– युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) बिहीबार बाँडफाँड भएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलको अनुसार रितपूर्वक आवेदन परेका सवै आवेदकलाई शेयर परेको छ ।

४५ हजार १८५ जनाले शेयर पाएका छन् । १ हजार ७ २३ जनाको आवेदन रद्ध भएको छ । कम्पनीले चैत १३ गतेदेखि  प्रतिकित्ता १ सय अंकित मूल्यका ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

निष्कासन गरिएको शेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कर्मचारी र १ लाख ७६ हजार ७ सय १७ कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ३२ लाख ८६ हजार ९ सय ३७ कित्ता सर्वसाधारण लगानीकर्ताको लागि छुट्टाएको थियो ।

नतिजा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको