Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको ‘इन्स्योरेन्स डिजिटल्लि’ सेवा सुरु

बुधबार, ११ बैशाख २०७६, १५ : ५३ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको ‘इन्स्योरेन्स डिजिटल्लि’ सेवा सुरु

अर्थ संसार, काठमाडौं – सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रविधिको यूगलाई मध्यनजर गर्दै ‘इन्स्योरेन्स डिजिटल्लि’ सेवा मार्फत हात हातमा बीमान सुरु गरेको छ ।  ग्राहकले आफ्नै हातमा रहेको मोबाइलबाट बीमालेख खरिदको पहुँचमा पुर्याउने उद्देश्यले कम्पनीले ‘इन्स्योरेन्स डिजिटल्लि’ बीमा सेवा शुभारम्भ गरेको होे  ।

कम्पनीले बुधवार पत्रकार सम्मेलन गरी डिजिटल प्रविधिलाई आत्मसात नगरीकन बीमा बजारको विस्तार गर्न असम्भव रहेको बताउँदै प्रविधिलाई आत्मसाथ नगर्दा उत्पन्न हुन जोखिमको सुरक्षणका लागि उपभोक्ताहरुका शुरक्षित हुने अधिकारका कुरालाई मध्यनजर गर्दै इन्स्योरेन्स डिजिटल्लि सेवा सुरु गरेको बताएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष्य चिरञ्जीवी चापागाई र कम्पनीका अध्यक्ष्य आर.के. मानन्धरले संयुक्त रुपमा इन्स्योरेन्स डिजिटल्लि सेवाको उद्घाटन गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकि क्षेत्रीले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहकमाझ ल्याइएको यो सेवाले बीमाको पहुँच पुग्न नसकेका स्थानीय निकायमा समेत कम्पनीको पहुँच पुग्ने र नेपनल सरकारले अघि सारेका कृषक तथा न्यून आय भएका व्यक्तिको शुरक्षालाई लक्षित गरी दुर्गम बस्तीमा बसोबास गर्ने बासिन्दा समेतले इन्स्योरेन्स डिजिटल्लि सेवाको माध्यमबाट सहजै बीमा सेवा प्राप्त गर्न सकिने बताए ।

त्यस्तै कम्पनी डिजिटल युगमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गरे । उनले नेपाली बीमा व्यवसाय र बीमा क्षेत्र अव पुरानो युगमा नरहने बताउँदै सबै इन्स्योरेन्स कम्पनीलाई डिजिटलाइनेशन प्रविधिमा अगाडी बढाउने काम भइरहेको बताए । उनले सबै नेपालीहरु बीमाको दायराभित्र ल्याउने उद्धेश्यले यस्तो प्रविधिलाई अगाडी बढाएको बताए ।

कम्पनीले बिक्रि गर्दै आईरहेको बीमालेखहरु मध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रोपक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स, मेडिक्लेम बीमालेख लाई अनलाइन पोर्टल मार्फत सेवाग्राहीले सेवा उपभोग गर्न पाउने भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको