Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा आइपिओको बर्षा हुँदै, १० कित्ता आवेदन दिन पनि पाउने, यस्ता छन् लगानीका अवसरहरु

बुधबार, ०४ बैशाख २०७६, ०९ : २० मा प्रकाशित

बजारमा आइपिओको बर्षा हुँदै, १० कित्ता आवेदन दिन पनि पाउने, यस्ता छन् लगानीका अवसरहरु

अर्थ संसार, काठमाडौं– साधारण शेयर (आइपिओ) मा लगानी गर्न इच्छुक हुनुहुन्छ ? यदि हुनुहुन्छ भने केहिदिनपछि बजारमा  २ जलविद्युत कम्पनी  र २ लद्युवित्तको साधारण शेयर (आइपिओ) निश्कासन हुँदैछ ।

नयाँ बर्ष २०७६ सँगै शेयर बजारमा रसुवागढी हाइड्रोपावर कम्पनी  लिमिटेड, सान्जेन  जलविद्युत कम्पनी लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल एग्रो लद्युवित्त वित्तीय संस्थाको साधारण शेयर निश्कासन हुन लागेको हो ।  यी चार कम्पनीको १ करोड ६२ लाख ३४ हजार ९२८ कित्ता शेयर बजारमा आउँदैछ ।

कुन कम्पनीको कति कित्ता ?

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

आइपिओ कित्ता  :   १, ०२, ६३, १५०
निश्कासन मिति  :   २०७६ बैशाख ६ गतेदखि बैशाख १० सम्म
                             ढिलोमा  जेठ ५ गतेसम्म
बिक्री प्रबन्धक   :     सिद्धार्थ क्यापिटल

सान्जेन जलविद्युत कम्पनी लिमिटेड

आइपिओ कित्ता  :  ५४,७५,००० कित्ता
निश्कासन मिति  :  २०७६ बैशाख ६ गतेदखि बैशाख १० सम्म
बिक्री प्रबन्धक     :  नागरिक लगानी कोष

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

आइपिओ कित्ता  :  ३, ३५, ००० कित्ता
निश्कासन मिति  :  २०७६ बैशाख ९ गतेदखि बैशाख १२ सम्म
बिक्री प्रबन्धक     :  एनआइबिएल एस क्यापिटल

नेपाल एग्रो लद्युवित्त वित्तीय संस्था

आइपिओ कित्ता   :  १, ६१, ७७८ कित्ता
निश्कासन मिति   :  बैशाख ८ गतेदेखि ११ बशाख सम्म
बिक्री प्रबन्धक      :  नेपाल एसबिआई क्यापिटल लिमिटेड

लगानीकर्ताले यी चार कम्पनीको साधारण शेयर (आइपिओ) मा न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँको मात्र पनि आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार १ हजार रुपैयाँको मात्रैपनि आवेदन दिन पाउने भएका हुन् ।  धितोपत्र बोर्डको नयाँ व्यवस्थाले विद्यार्थी, गृहणी तथा ग्रामीण क्षेत्रका लगानीकर्ताको सहभागिता बढाउने र यसलाई समावेशी बनाई यो वर्षको ‘एक नेपाली,एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने यस्तो व्यवास्था लागू गरेको छ ।

नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि बोर्डले मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिइएसकेको छ । सोही अनुसार रसुवागढी हाइड्रोपावर कम्पनीले एक सूचना प्रकाशित गरी निश्कासन साधारण शेयरमा न्यूनतम १० कित्ता र अधितम ५ हजारसम्म आवेदन दिन लगानीकर्तामाझ आह्वान गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको