Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले दुई आर्थिक वर्षको एजिएम एकैपल्ट बोलायो, यस्ता छन् एजेण्डा

मंगलबार, ०३ बैशाख २०७६, १० : ४४ मा प्रकाशित

सिभिल बैंकले दुई आर्थिक वर्षको एजिएम एकैपल्ट बोलायो, यस्ता छन् एजेण्डा

अर्थ संसार, काठमाडौं – सिभिल बैंके यही बैंशाख २७ गते साधारणसभा बोलाएको छ । बैंकले एकैपटक आर्थिक वर्ष २०७३\७४ र २०७४\७५ को साधारणसभा बोलाएको हो ।

बैंकले आर्थिक वर्ष २०७३\७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस र कर तिर्न ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, आव २०७४/७५ को नाफाबाट पनि ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।
 
सिभिलले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि बनाएको छ । यस्तै, संस्थापक र सर्वसाधारण सेयरधनीबाट ३–३ जना सञ्चालकको निर्वाचन हुनेछ । साधारण सभा गर्न बैंकले वैशाख १० देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । वैशाख १० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
 
सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सिभिलले प्रस्तावित बोनस सेयर दोस्रो त्रैमासको वित्तीय विवरणमै पुँजीकृत गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको