Like us!
Follow us!
Connect us!
Watch us!

हातबाट बुनेका कपडाको आयात बढ्दै, माग धान्न धौ धौ

ramesh lamsal

आइतबार, १९ फागुन २०७५, १३ : ०७ मा प्रकाशित

हातबाट बुनेका कपडाको आयात बढ्दै, माग धान्न धौ धौ

अर्थ संसार, काठमाडौं–  ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३–७४ भन्दा आव २०७४\७५ मा ११ प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए ।

गएको वर्ष १ अर्ब ५९ करोड रुपैयाँको सामान निर्यात भएको जानकारी दिँदै उनले कूल निकासीमध्ये ऊनी फेष्टका सामग्रीको हिस्सा भने १.९ प्रतिशत मात्रै रहेको बताए । २०७० सालदेखि भने क्रमशः निर्यातमा वृद्धि भइरहेको कार्यकारी निर्देशक राणाको भनाइ थियो । मुख्यगरी यस्ता सामग्री अमेरिका, जर्मनी, क्यानडा, स्वीडेन, नेदरल्याण्ड, जापान र फ्रान्समा पुग्ने गरेको छ ।

निर्यात भएकामध्ये एक तिहाइ अमेरिकामा खपत हुने गरेको उक्त केन्द्रले जनाएको छ । विश्वबजारमा यस्ता सामग्रीको माग राम्रो भएको व्यवसायीले बताएका छन् तर सरकारको नीति नियम प्रभावकारी नहुँदा उत्पादन तथा निर्यातमा समस्या आइरहेको व्यवसायीले बताएका छन् ।

विश्व बजारमा ०.१ प्रतिशत ऊनी फेष्टको आयात हुने गरेकामा यसलाई १०० प्रतिशत मान्दा अमेरिकाले मात्रै सात दशमलव नौ प्रतिशत आयात गर्ने गरेको छ ।

आयात गर्ने दोस्रोमा मेक्सिको र तेस्रोमा जर्मनी रहेको कार्यकारी निर्देशक राणाले बताउनुभयो । विश्वको मागमा नेपालले १.२ प्रतिशत निर्यात गरिरहेको र निर्यातका हिसाबले नेपाल १८औँ स्थानमा रहेको उक्त केन्द्रले जनाएको छ ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घका निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठले ठमेललगायत बजार क्षेत्रमा खुलारुपमा खरीद–बिक्रीसमेतलाई जोड्ने हो भने यसको निर्यात वार्षिक २ अर्ब रुपैयाँको रहेको जिकिर गरे। हाम्रो व्यवसाय ओझेलमा परेको र बीसौँ वर्षसम्म व्यवसाय चलिसक्दा पनि सरकारी निकाय फेल्ट भनेको के हो भनेर सोध्छन्, यसले हामीलाई दुःख लाग्छ । श्रेष्ठले भने ।

उनले थपे, फेल्टिङ प्रविधिबाट हरेक चीज बन्छ, काँचो माटोजस्तै हो, कलात्मक आर्ट हो, जुत्ता, कार्पेट, झोला, खेलौना, क्रिसमस सामग्रीलगायत हरेक चिज बन्छ तर पनि सरकारको ध्यान यसतर्फ पुगेको छैन ।

 विगतमा रु एक लाखबाट निर्यात शुरु गरिएको यो व्यवसाय अहिले अर्बौंको पुग्नु आफैँमा सफलता भएकाले सरकारले प्रोत्साहन गर्ने हो भने अझै निर्यात बढाउन सकिने बताए ।

२० हजार महिलाले रोजगार पाएको यो व्यवसायमा दक्ष कामदारको भने अभाव रहेको व्यवसायीहरू बताउँछन् । अर्का व्यवसायी महेश्वर श्रेष्ठले निर्यातका लागि आवश्यक पूर्वाधार र उत्पादन बढाउनु पर्ने उल्लेख गर्दै यसका लागि स्पष्ट नीतिको खाँचो रहेको औल्याए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको