Like us!
Follow us!
Connect us!
Watch us!

हामी दुई वर्षमा १० प्रतिशत प्रतिफल दिन्छौं, ढुक्क भएर पाँचथर पावरको आइपिओमा लगानी गर्नुस्

ramesh lamsal

शुक्रबार, १७ फागुन २०७५, १२ : ०० मा प्रकाशित

हामी दुई वर्षमा १० प्रतिशत प्रतिफल दिन्छौं, ढुक्क भएर पाँचथर पावरको आइपिओमा लगानी गर्नुस्

अर्थ संसार, संवाददाता

पछिल्लो दिनमा नेपालको ऊर्जा क्षत्रेमा लगानी गर्न चाहनेको संख्यामा बढोत्तरी भएको छ । जानेका नजानेका धेरै थरी लगानीकर्ता जलविद्युत् क्षेत्रमा लगानीका लागि आकर्षित भएका छन् ।

नाफा हुने र राम्रा परियोजना समेत सुरु भएका छन् । कुनै पनि प्रकारको नाफा दिन नसक्ने र केही सिमित व्यक्तिलाई मात्रै फाइदा हुने खालका आयोजना पनि निर्माणका क्रममा छन् ।

आम मान्छेलाई लाग्न सक्छ, सबै लगानीकर्ता ठिक छन्, उत्तम पनि छन् । तर त्यसो होइन, केही मात्रा व्यक्ति वास्तवकै सबैको भलो गरौ, देशलाई केही योगदान गरौ र आर्थिक समृद्धिको दिशामा अगाडि बढाऔं भन्ने मनसायका साथ ऊर्जा क्षेत्रमा आएका छन् । केही भने विजुली पनि भनौ, नाफा कमाइ हालौ, शेयर पनि उठाइ हालौ भोलि जे जस्तो होला भन्ने मान्यताका साथ पनि आएका छन् ।

केहीलाई यो वास्तवकै व्यवसाय गर्ने क्षेत्र बनेको छ भने केहीलाई एकाध दिनको रमझम जस्तो पनि बन्न पुगेको छ । प्राकृतिको नियम  नै हो, सकार भित्र नकार त हुन्छ नै । सबै राम्रा र सक्षम भए देश राम राज्य नै बनीहाल्थ्यो नी । तर त्यस्तो हुनै सक्दैन ।

सरकारले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा सहभागी गराएपछि धेरै लगानीकर्ता यस क्षेत्रमा आर्कषित भएका छन् । २०६२ पछि त नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहनेको संख्या विगतको तुलनामा अझै बढेका छन् । यसैक्रममा पछिल्लो पटक नेपालको ऊर्जा क्षेत्रमा स्थापित संस्थाको रुपमा पाँचथर पावर कम्पनी देखिएको छ । सक्षक लगानीकर्ता, प्रभावकारी र व्यवसायिक व्यवस्थापन एवम् डेडिकेटेड प्राविधिक एवम् व्यवसायिक सिपले भरीपूर्ण जनशक्तिले संस्थालाई एउटा गतिलो र गर्विलो संस्था बनाएको छ ।

आगामी आवमा पाँच प्रतिशत लाभांश र आगामी दुई वर्षमा दश प्रतिशत र त्यसपछि २० प्रतिशतको हाराहारीमा हामी प्रतिफल दिन स्क्छौ । हामीले प्रतिमेगावाट रु १७ करोडमा आयोजना सकेका छौ । लागत कम छ  ढुंगानाले कम्पनीको बारेमा बताउनुभयो ।

पुष्पज्योति ढुंगाना प्रबन्ध निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । नेपालको ऊर्जा क्षेत्रमा एक सुपरिचित नाम हो ढुंगाना । उहाँको कुशल नेतृत्व र व्यवस्थापनले पाँचथर पावरलाई एउटा सबल संस्था बनाएको छ ।

सोमबारदेखि पाँचथर पावरले आम लगानीकर्तालाई शेयर आश्वान गरेको छ । एउटा सबल र सक्षम कम्पनीको रुपमा पाँचथर पावरले बजारमा वास्तविक रुपमा हस्तक्षेप गर्ने तयारीका साथ साधारण शेयर बिक्री सुरु गरेको हो । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको काबेली करिडोरको काम समयमा सम्पन्न नगर्दा कम्पनीले पूर्ण क्षमतामा विद्युत् बिक्री गर्न सकेको थिएन ।

हालै काबेली करिडोर प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यसै महिनाको अन्त्यसम्म सो प्रसारण लाइनको परिक्षण प्रसारण हुने जानकारी पाइएको छ । अब त हामीलाई असाध्यै खुसी बनाएको छ, प्रबन्ध निर्देशक ढुंगाना खुसी व्यक्त गर्नुहुन्छ ।

साधारण शेयर बिक्री सुरु भएकै दिन अर्थात् फागुन १३ गते बिहान हामी उहाँको कार्यकक्षमा पुग्दा शेयर बजार खुलेको थिएन । तर बैंक तथा वित्तीय संस्थामा शेयर आवेदन गर्नेहरुको संख्या बढीरहेको थियो । डिल्लीबजारमा रहेको उहाँको कार्यालयमा शेयरको बारेमा बुझ्न फोन गर्नेको संख्या पनि उत्तकै थियो । फोन गर्ने मात्रै होइनन, कम्पनी र आयोजनाका बारेमा सोधी खोजी गर्ने पत्रकार पनि उत्तिकै थिए । त्यसै मध्येमा हामी पनि एक थियौ ।

आगामी आवमा पाँच प्रतिशत लाभांश र आगामी दुई वर्षमा दश प्रतिशत र त्यसपछि २० प्रतिशतको हाराहारीमा हामी प्रतिफल दिन स्क्छौ । हामीले प्रतिमेगावाट रु १७ करोडमा आयोजना सकेका छौ । लागत कम छ  ढुंगानाले कम्पनीको बारेमा बताउनुभयो ।

आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । हामीले अरुहरुले जस्तो आयोजना नै नससिकन आइपिओ बेच्न लागेका होइनौ, हामीले स्पष्ट रुपमा नै आयोजना सक्यौ, लौ शेयरमा आवेदन दिनस् भनेर प्रक्रिया सुरु गरेका हौ ।

आयोजनाको लागत कम छ, प्रतिफलको ग्यारेन्टी छ, भन्ने थाहा पाएका लगानीकर्ताले निश्चित रुपमा हाम्रो कम्पनीको शेयर खरीद गर्नुहुन्छ, ढुंगाना ढुक्क देखिनुभयो ।

हामीले अरुले जस्तो ढाँटेका पनि छैनौ, जे हो त्यो लगानीकर्तालाई भनेका छौ, जसका कारण हाम्रो कम्पनीको शेयरमा ओभर सब्स्क्राइब हुन्छ भन्ने  ठानेका छौ, उहाँको थप विश्वस देखियो ।

कम्पनीले सोमबारदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री सुरु गरेको हो ।आईपीओ निष्कासन बन्द छिटोमा फागनु १६ गतेसम्म हुनेछ । कुल निष्कासनमध्ये ३५ हजार ५ कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

कम्पनीले पाँचथरमा १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कूल लागत २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

आगामी ३ वर्षमा कम्पनीको प्रति सेयर आम्दानी बढेर १९ रुपैयाँ ३८ पैसा खुद सम्पत्ति १२८ रुपैयाँ ५४ पैसा पुग्ने प्रक्षेपण छ । केयर नेपाल लिमिटेडले गरेको रेटिङमा कम्पनीको आईपीओले  ग्रेड ४ पाएको छ । बैंक खाता अनिवार्य, डिम्याट खाता अनिवार्य भएका कारण पनि स्थानीयबासीले सहजै रुपमा आइपिओ भर्न नपाएको अनुभव रहेछ प्रबन्ध निर्देशक ढुंगानासँग ।

हामीले आयोवजना प्रभावितलाई मात्रै शेयरमा सहभागी गरायौ, जसका कारण पनि हाम्रो कम्पनीले स्थानीयलाई दिने भनेको सबै शेयर बिक्री गर्न सकेनौ । तर आम सर्वसाधारणले भने पूर्ण रुपमा सबै शेयर खरीद गर्नुहुन्छ भन्ने हाम्रो विश्वास रहेको छ, उहाँले भन्नुभयो ।

विगत १५ वर्षदेखिको अनुभव खन्याएको १४.९ मेगावाट क्षमताको हेवाखोलाले हामीलाई धेरै कुरा सिकाएको छ । अब हामी नयाँ जोश र जागरका साथ अन्य ठूला आयोजना समेत अगाडि बढाउन लागेका छौ । निकट भविस्यमा नै एक ३०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउने सोच बनाएका छौ । यसले हाम्रो कम्पनी सबल र सक्षम छ भन्ने पनि देखिनेछ । पोखरामा अर्को आयोजना सुरु हुने चरणमा रहेको छ  । सकारात्म्क काम गर्दै जानुपर्छ, सानो सानो पूँजीलाई संकलन गरेर मात्रै आर्थिक विकास र समृद्धिको जग बसाउन सकिन्छ भन्ने स्पष्ट भएको छ ढू.गानाले भावी योजना पनि सुनाउनुभयो ।

पाँचथर पावरको अध्यक्षमा नेपालको सुपरिचित शिक्षा सेवी एवम् व्यवसायी उमेश श्रेष्ठदेखि पूर्वका स्थापित सामाजिक अभियन्ता वसन्त नेम्वाङसम्म सहभागी हुनुहुन्छ । व्यवसायिक, एवम् आ आफ्ना क्षेत्रमा स्थापित व्यक्तिहरु रहेको संस्थालाई आम मानिसले विश्वास गर्ने प्रबन्ध निर्देशक ढुंगानाको भनाइ छ ।

राम्ररी बुझेर राम्रा र आकर्षक आयोजनामा लगानी गर्ने हो भने आम नागरिक र लगानीकर्ताले समेत विश्वास गर्ने भन्दै ढुंगानाले अन्त्यमा भन्नुभयो, तपाई पनि पाँचथर पावरको शेयर खरीद गर्नुस्, तपाईका आफन्त, साथीभाई सबैलाई शेयर खरीद गर्न भनिदिनुस् है ।

तस्विर : केशव रोक्का

5c74cb3411fe4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको