Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा

मंगलबार, २५ बैशाख २०७५, १० : २७ मा प्रकाशित

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा

सौरभ तिमिल्सिना, प्रमुख कार्यकारी अधिकृत भिवोर क्यापिटल लिमिटेड

अर्थ संसार :

उनलाई नपुग्दो केही पनि थिएन । काठमाडौँको रैथाने परिवार, पढाई पनि राम्रै थियो । पारिवारिक रुपमा पनि उनी सबल नै थिए । आर्थिक रुपमा सम्पन्न परिवार भन्न पनि सकिन्थ्यो । अमेरिका पुगेका थिए । उता पनि राम्रै थियो । पैसाको दुःख पनि थिएन । जिन्दगीमा पाउनुपर्ने ऐश आराम पनि पाएके थिए । शान थियो, सौकत थियो । नाम भने थिएन । नेपाली परिचय थियो ।

राजधानीमा नै जन्मे हुर्केका उनलाई जीवनले धेरै कुरा सिकाएको थियो । मान्छेका चरित्र र व्यवहारलाई समेत राम्रैसँग जान्ने बुझ्ने बनाएको थियो । बुबा राजप्रसाद सेवाका कर्मचारी थिए । समाजमा शान सौकत पाएकै थिए ।

अमेरिको  प्रतिष्ठित संस्थामा जागिर थियो, । ६ वर्ष भन्दा बढी अमेरिकामा सिकेको ज्ञान र सिपालाई प्रयो गरेर देशभित्रै केही गर्ने हुटहुटी उनको मनमा थियो । पैसा , शान, सौकत छाडेर आउने कि नआउने भन्ने दोधारमा समेत थिए उनी । तर भित्र मनले भन्यो सौरभ आखिर तँ जन्मेको  त नेपाली भएर नै हो नी । नेपाली हुनुमा जति मज्जा अरुमा  कहाँ पाइन्थो र । मन र दिमागबीचको लामो अन्तरद्वन्द्वपतिछ उनले एउटा निकास निकाले र भने  म अब नेपाल फर्कन्छु ।

अमेरिकाको भाग दौडबाट उनी काठमाडौँ  उडे । देशमै केही गर्ने लक्ष्य लिएर अमेरिकामा सिकेको ज्ञान आफ्नौ साथमा थियो । व्यवािसयक दक्षता पनि सँगै थियो । मात्रै चाहिएको थियो अवसर । कहाँ जागिर पाइएला भन्ने सोचेर उनी आएका थिएनन् । दशेभित्र जाँउ मेरो योग्यता र क्षमता अनुसारको काम त पाइएला नी भन्ने दृढ विश्वास भने थियो मननमा । उनी अर्थात् सौरभ तिमिल्सिना ।

नेपालको धितोपत्र बजार निकै उतार चढावपूर्ण रहेको छ । बजार निरन्तर घट्ने र सामान्य बढ्ने चक्रमा रहेको छ । शेयर बजारमा नागरिकको विश्वास पछिल्लो दिनमा खस्किएको छ । ठूला बैंक तथा वित्तीय संस्थाको शेयर समेत बिक्न छाडेको छ ।  

अमेरिकाबाट फर्केको सुनेर केही साथी भाईले त गिज्याए रे उनलाई । कति मान्छे अमेरिका जान मरिहत्ते गर्छन्, तँ भने किन फर्केको भन्दै उडाए रे उनलाई । सौरभले भने देशभित्र हरेक क्षेत्रमा देखिएको विकृति , विसंगतिका कारण पनि नेपालीको सोच त्यस्तो भएको हुन सक्छ, उनले भने ।

अमेरिकाबाट फर्केको केही समय त्यत्तिकै बसे । भिवोर बैंक एक समय नेपाल भित्र वाह वाही पाएको बैंक थियो । ग्राहकको मन समेत जितेको थियो । तर, आन्तरिक समस्याका कारण सो बैंक नराम्ररी समस्यामा पर्यो । ग्राहक पैसा निकाल्न र आफ्नो सम्पत्तिको सुरक्षा गर्न लामै लाइन पनि लागे । व्यवसायमा इमान्दरिता भएन भने समस्या पर्दो रहेछ । आखिर भिवोरमा भएको त्यही थियो ।

दुःखका दिन सकिए,  पुनः संलिन थाल्यो बैंक । विगतको इतिहासलाई बिर्सेर पुनः व्यवसायिक दक्षताका साथ काम गर्ने योजनामा केही लगानीकर्ता लागे । पुनः विश्वास कमाउँदै गएको छ बैंकले ।

सोही बैंकले शेयर लगानीलाई व्यवस्थित गर्न भिवोर क्यापिटल पनि खोलेको थियो । नेपालको मर्चेन्ट बैंकमा भिवोरको नाम पूरानो हो । तर, बैंक समस्यमा परेपछि मर्चेन्ट पनि समस्यामा पर्ने नै भयो । वातावरण सहज बन्दै गएपछि समस्यामा परेको क्यापिटललाई पनि नयाँ रुपमा अगाडि बढाउने सोच व्यवस्थापनले बनायो । त्यही सोचलाई साकार बनाउने लक्ष्यका साथ नियुक्त भए सौरभ । हाल भिवोर क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रुपमा सौरभ कार्यरत छन् ।

नेपालको धितोपत्र बनार निकै उतार चढावपूर्ण रहेको छ । बजार निरन्तर घट्ने र सामान्य बढ्ने चक्रमा रहेको छ । शेयर बजारमा नागरिकको विश्वास पछिल्लो दिनमा खस्किएको छ । ठूला बैंक तथा वित्तीय संस्थाको शेयर समेत बिक्न छाडेको छ ।  

नागरिकलाई पुनः धितोपत्र बजार सुरक्षित छ, यसले भावी दिनमा राम्रो प्रतिफल दिन्छ भनेर आर्कषित गर्नुपर्ने उनको भनाइ छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी  सौरभले सम्हालेपछि सुस्ताएको भिवोर क्यापिटल पुनः जुर्मुराएको छ । नशा नशामा प्रवाह भएको छ उत्साह । अनि व्यवसायिक वातवारण पनि बनेको छ । दक्ष , योग्थ्य कर्मचारी चयन गरिएको छ । इमान्दार प्रयत्न गरियो भने सफल हुन सकिन्छ भन्ने मन्त्रलाई राम्रैगरी पच्छयाएका छन् तिमिल्सनाले  ।

अमेरिकाको प्रविधि, ज्ञान र त्यहाँ प्रयोग भएका धितोपत्र बजारका नयाँ एवम् नविनत्तम खोजलाई नेपालमा पनि प्रयोगमा ल्याउन सकिन्छ, त्यसबाट फाइदा लिन सकिन्छ, पूँँजी वृद्धि गर्न सकिन्छ र सरकारले भने जस्तै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सोच सौरभमा छ ।

इमानदार प्रयत्न, व्यवसासयिक र जिम्मेवार व्यवस्थापन तथा ग्राहकको सन्तुस्टिलाई केन्द्रमा राखेर काम गर्ने हो भने सफल हुन सकिन्छ भन्ने गुरु मन्त्रलाई आत्मसात् गरेका सौरभले जिन्दगी भर सिकेको सबै ज्ञान भिवोरमा खन्याउने संकल्प गरेका छन् ।

नेपालको सुस्ताएको पूँजीबजारलाई व्यवस्थित, मर्यादित र थप प्रडक्टको समेत खोजीमा लागेका छन् उनी । उनी भन्छन् हामी विस्तारै बण्ड भिडभेन्चर, भेन्चर क्यापिटललगायतका सेवामा पनि जानु पर्छ, राज्यले त्यता तर्फ ध्यान दिनु पर्दछ ।

हाम्रो धितोपत्र बजार सानो छ, प्रडक्टहरु पनि थोरै छन्, यसलाई थप विस्तार गर्दै समृद्ध बनाउने दायित्व हामी सबैको हो । मर्चेन्ट बैंकले पनि धेरै गर्न सक्छन् । भिवोरलाई पुनः एक नम्बरको मर्चेन्ट बैंक बनाउने र नेपालको धितोपत्र बजारलाई थप विस्तार एवम् व्यवस्थित बनाउन लाग्ने उनको संकल्प छ ।

अमेरिकाको प्रविधि, ज्ञान र त्यहाँ प्रयोग भएका धितोपत्र बजारका नयाँ एवम् नविनत्तम खोजलाई नेपालमा पनि प्रयोगमा ल्याउन सकिन्छ, त्यसबाट फाइदा लिन सकिन्छ, पूँँजी वृद्धि गर्न सकिन्छ र सरकारले भने जस्तै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सोच सौरभमा छ ।

विगतमा सुस्ताएको भिवोरले पछिल्लो ६ महिनामा तीन वटा कम्पनीको शेयर रजिस्टारको काम गरेको छ । त्यसमा लुम्बिनी विकास बैंक, ललितपुर फाइनान्स र मिशन डेभलपमेन्ट बैंक रहेका छन् ।

यस्तै अरुण काबेली, अरुण भ्याली, रिडी हाइड्रोपावर कम्पनी, अपि, रैराङ जस्ता प्रतिष्ठित जलविद्युत् कम्पनीको शेयर व्यवस्थापक एवम् रजिष्टरको रुपमा काम गरेको छ । शेयर कारोबार एवम् व्यवस्थापनलाई एकाध मिनेटमा नै सम्पन्न गरिदिने गरी व्यवसायिक कर्मचारीको टिम तयार पारिएको छ ।

यस्तै घलेम्दी हाइड्रो पावरको पनि भिवोरले  बिक्री प्रबन्धकको रुपका काम गरेको छ । भिवोर मर्चेन्टको कार्यालय पनि राजधानीको मुटु थापालीको ट्रेड टावरमा रहेको छ । जताबाट पनि सहजै रुपमा आउन सकिने प्राइम लोकेशनमा कार्यालय रहेको, शेयर सम्बन्धी सम्पूर्ण काम एकाध मिनेटमा नै सक्ने गरी व्यवस्थापन गरिएको छ ।

उनले शेयर बजारको विस्तारमा सरकार, सरकारी निकाय, शेयर दलाल कम्पनी, लगानीकर्ता सबैले विशेष ख्याल गर्नुपर्ने बताउनुहुन्छ । हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यता राखेर अगाडि बढेको खण्डमा मात्रै सफल हुन सकिने उनको भनाइ छ ।

आक्रामक रुपमा बजार विस्तार एवम्  व्यवसायिक दक्षतालाई केन्द्रमा राखिएको छ । चुस्त कर्मचारी संयन्त्र बनाउने देखि कसरी बढी भन्दा बढी सेवा उपभोक्तालाई दिन सकिन्छ भनेर सौरभ लागेका छन् । उनलाई भिवोर क्यापिटलका लगानीकर्ताले पनि राम्रै साथ दिएका छन् । किनकी विगतमा गुमेको साख फर्काउरु अब्बल सावित गर्न राम्रै मेहनतको जरुरी पर्दछ ।

सबै कामलाई विद्युतीय प्रणालीमा  हुने गरी व्यवस्थापन गरिएको छ । शेयर बिक्री प्रबन्धक भएपछि सबै ग्राहकलाई सन्तुस्ट हुने गरी काम गर्ने वातावरण तयार पारिएको छ । सौरभ भन्छन् हामी दिन प्रतिदिन सफल हुँदै गएका छौ, धेरै भन्दा धेरैले विश्वास गर्न सक्ने अवस्थामा पुगेका छौ ।

उनले शेयर बजारको विस्तारमा सरकार, सरकारी निकाय, शेयर दलाल कम्पनी, लगानीकर्ता सबैले विशेष ख्याल गर्नुपर्ने बताउनुहुन्छ । हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यता राखेर अगाडि बढेको खण्डमा मात्रै सफल हुन सकिने उनको भनाइ छ ।

भिवोर क्यापिटललाई नेपालको उत्कृष्ठ एवम् व्यवािसयक रुपमा सफल  क्पाटिल बनाउने उनको सोच र अमेरिकामा सिकेको ज्ञानलाई सदुपयोग गर्दै अगाडि जाने इच्छाले सफलता पाओस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको