Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रो सौर्य परियोजना : मणिग्राममा ८ मेगावाटको सौर्य परियोजनाको काम सुरु, चैतभित्र विद्युत् प्रणालीमा जोडिने

विहीबार, २९ कार्तिक २०७५, ०५ : ०० मा प्रकाशित

रिडी हाइड्रो सौर्य परियोजना : मणिग्राममा ८ मेगावाटको सौर्य परियोजनाको काम सुरु, चैतभित्र  विद्युत् प्रणालीमा जोडिने

अर्थ संसार

नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा अग्रणी संस्थाको रुपमा  स्थापित रिडी हाइड्रो पावर कम्पनीले पहिलो पटक नेपालमा ग्रीड कनेक्टेड सौर्य परियोजनाको काम सुरु गरेको छ ।

रुपन्देहीको मणिग्राममा कूल ८ मेगावाट क्षमताको ग्रीड कनेक्टेड सौर्य परियोजनाको निर्माण थालेको हो ।नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता समेत गरिसकेको कम्पनीले मणिग्राममा रहेको परियोजना स्थल सम्याउने काम सुरु गरेको हो ।

रिडी हाइड्रो पावरका परियोजना निर्देशक कुवेरमणि नेपालकाअनुसार आयोजना स्थलको २६ बिगाहा जग्गा सम्याउने काम सुरु भएको हो । सौर्य परियोजनाको ठेक्का जिइ टि एण्ड डि इन्डिया लिमिटेडले पाएको छ ।कूल रु ६५ करोड ५० लाख लगानीमा परियोजना निर्माण सकिने उहाँले जानकारी दिनुभयो ।

आगामी चैत भित्रै नेपाल विद्युत् प्राधिकरणको जोगीकुटी सवस्टेशनमा विद्युत् जोड्ने गरी काम सुरु गरिएको छ । सो परियोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि कालीगण्डकीको विद्युत् दिउँसो प्रयोग गर्नुनपर्ने भएको छ । दिनभर सोही परियोजनाबाट उत्पादित विद्युत्ले प्रसारण प्रणालीलाई स्थिर राख्ने भएकाले दिनभरको पानी जमाउन समेत प्राधिकरणलाई सहयोग पुग्नेछ ।

आयोजनाबाट वार्षिक १ करोड ४५ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।नेपालको अग्रणी संस्थाको रुपमा रहेको रिडी हाइड्रोले सौर्य परियोजनाको काम सुरु गरेपछि राष्ट्रिय स्तरमा समेत त्यसले राम्रै चर्चा पाएको छ ।नेपालको ऊर्जा क्षेत्रको पूरानो र अग्रणाी संस्था नै सौर्य ऊर्जा परियोजना निर्माणमा युद्धस्तरमा लागेपछि शेयरधनीलाई समेत त्यसले उत्साहित बनाएको छ ।

शेयरधनीलाई राम्रो मुनाफा दिने र लगातार आयोजना निर्माण गर्दै जाने लक्ष्य राखिएको उहाँले बताउनुभयो । सरकारले पछिल्लो समयमा ऊर्जा मिश्रणको समेत अवधारणा अगाडि सारेपछि रिडी हाइड्रो नै सबै भन्दा ठूलो सौर्य परियोजना निर्माण सुरु गर्ने पहिलो संस्था बनेको छ ।त्यसो त अपि पावर कम्पनीले पनि सौर्य परियोजनाको काम सुरु गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको