Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले चालु आर्थिक बर्ष थप ५० हजार रोजगारी सिर्जना गर्ने

बुधबार, ०५ माघ २०७३, १६ : ०८ मा प्रकाशित

सरकारले चालु आर्थिक बर्ष थप ५० हजार रोजगारी सिर्जना गर्ने

अर्थ संसार
काठमाडौं– उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत चालु आर्थिक वर्षभित्र थप ५० हजार स्वरोजगार सिर्जना गर्ने बताएका छन् ।मन्त्री महराले अर्थ मन्त्रालयमा बुधबार एक्सन प्लान सार्बजनिक गद कोषलाई पचहत्तरै जिल्लामा प्रभावकारी ढङ्गले अगाडि बढाइने बताए ।

उनले यसका लागि ‘एक इलाका एक नमूना योजना, एक इलाका एक व्यवसाय र एक परिवार एक रोजगार को नारालाई कार्यान्वयन गरिने जानकारी दिए । सरकारले कार्यप्रणालीलाई सरलीकृत गरी आयोजना, शैक्षिक प्रमाणपत्र वा सामुहिक जमानीमा शीघ्र ऋण उपलब्ध गराउने उनको दावी छ । यस्तो ऋण लिने युवाहरूलाई व्यावसायिक सीप विकास तालीम केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति र कार्यालयहरू लगायत सम्बद्ध संस्थाबाट तालीम उपलब्ध गराउने उनको योजना छ  ।

उनले ठूला आयोजनाहरूको कार्यान्वयन, पुनर्निर्माण कार्यमा तीब्रता, स्वरोजगार कार्यक्रमहरूको विस्तार, वित्तीय पहुँचको विस्तार, सामाजिक कार्यक्रमहरूको विस्तार लगायतका उपायहरूद्वारा आन्तरिक रोजगारीको सिर्जना गर्ने दावी गरे । वार्षिक ४ लाख छण् हजार श्रमशक्ति श्रम बजारमा आउने भएकाले तिनका लागि उपयुक्त रोजगारीको सिर्जना गर्ने उनको दावी छ । 

सीपमूलक तालीम प्रदायक संस्थाहरूका कार्यक्रमहरूलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोष, ग्रामीण स्वालम्बन कोष तथा लघु वित्त संस्थाहरूसँग आबद्ध गरी तालीम प्राप्ता गरेपछि वित्तीय पहुँचसमेत उपलब्ध गराइने मन्त्री महराले बताए । उनले गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम, गरिबी निवारण कोषका कार्यक्रमहरू लगायत गरिबी निवारणसँग सम्बद्ध कार्यक्रमहरूबाट थप रोजगारी तथा आय आर्जनका अवसर उपलब्ध गराइने दावी गरे । 

यो पनि पढ्नुहोस्

प्रिपेडमा फोरजी सेवा कहिलेदेखि ? 

विदेशबाट टिभी ल्याउँदा कति लाग्छ भन्सार ? 

राष्ट्र बैंकले सस्तो दरमा ४० अर्ब दिँदा पनि बैंकहरुले लिएनन

अमृतनाथ रेग्मीको कारोबार अनुभवः त्यतिखेर एनआइडिसीको एक करोडको साधारण सेयर विकेन 

बाणिज्य बैंकलाई सेयर दलाल लाइसेन्सः नेप्सेले फ्याँक्यो धितोपत्र बोर्डको कोर्टमा बल

सिटिजन्स बैंकको ६ महिनाको नाफा ६० करोड

प्रिपेडमा फोरजी सेवा कहिलेदेखि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको