Like us!
Follow us!
Connect us!
Watch us!

उद्यमशिलता विकास गर्न इन्जिनियरिङ एसोसिएशनले सरकारलाई सघाउने

मंगलबार, ०४ माघ २०७३, १७ : २५ मा प्रकाशित

उद्यमशिलता विकास गर्न इन्जिनियरिङ एसोसिएशनले सरकारलाई सघाउने


अर्थ संसार
काठमाडौं–उद्यमशीलताको विकासमा सघाउने उद्देश्यले उद्योग मन्त्रालय र नेपाल ईन्जिनियरिङ्ग एसोसियशनबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।उद्योग मन्त्री नवीन्द्रराज जोशीको उपस्थितीमा मंगलवार मन्त्रालयमा आयोजित कार्यक्रममा योजना महाशाखा प्रमुख दिनेश घिमिरे र नेपाल ईन्जिनियरिङ्ग एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरे ।

सहमतिअनुसार नेपाल ईन्जिनियरिङ्ग एशोसियसनले उद्योगहरुमा नवीनतम प्रविधिको उपयोगका लागि सघाउने, ईन्जिनियरहरुलाई उद्यमशील बनाउने र उद्योग मन्त्रालयको खोज अनुसन्धान र विकास कार्यमा सघाउने छ ।      कार्यक्रममा मन्त्री जोशीले नेपालका सबै संस्थाहरुले एकै ठाउँमा बसेर सबैका लागि सोच्ने परिपाटीको विकास गर्न मन्त्रालयले नेपाल ईन्जिनियरिङ्ग एशोसियसनसँग यस प्रकारको सहकार्य गरेको बताए ।

मन्त्रालयका तर्फबाट यस प्रकारको कार्य आगामी दिनमा अन्य व्यवसायिक संघ संस्थाहरुसँग पनि शुरु गर्ने सोचाई रहेको उनले बताए ।      एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले उद्योगीहरुलाई प्रविधि मैत्री बनाउन यस प्रकारको सहकार्यले सघाउ पुग्ने बताए । 

यो पनि पढ्नुहोस्

कृषि विकास बैंकले सुरु गर्यो मोबाईल बैंकिङरकम ट्रान्सफर, स्टेटमेन्ट तथा चेकबुक 

सिद्धकाली पावरले माग्यो इन्जिनियरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म 

अधिकांश कम्पनीको सेयर मूल्य घट्यो, कारोबार रकमसमेत ३४ करोडमै सीमित

नेपाल धितोपत्र बोर्डले माग्यो १४ जना कर्मचारी 

सुन तस्करीको आरोप लागेपछि अर्थमन्त्री महराको सचिवालयले गर्यो खण्डन

नेपाल लाइफको एफपिओमा १२ गुणा आवेदनबजारमा नगद अभाव चुलिएका बेला थुप्रियो ५२ अर्ब

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराष्ट्रपति जन्ती, पूर्वराजा घरगाउँले (फोटो फिचर)

विवादका कारण सिंहदरबार निर्माण अलपत्र 

कति होलान् अमेरिकामा नेपाली ?एनआरएनएको अध्ययन टोली भन्छः २३११४१

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको