Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धकाली पावरले माग्यो इन्जिनियरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म

मंगलबार, ०४ माघ २०७३, १६ : ३६ मा प्रकाशित

सिद्धकाली पावरले माग्यो इन्जिनियरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म

अर्थसंसार

काठमाडौँ – सिद्धकाली पावर लिमिटेडले निर्माण गरिरहेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको लागि सिभिल इन्जिनियरदेखि हेभी इक्वीपमेन्ट अपरेटेरसम्मका ६ विभिन्न पदमा केही कर्मचारीको आवश्यकता परेको छ । 

कम्पनीले सिभिल इन्जिनियर, इन्भारोन्मेन्टल इन्जिनियर, सर्भेयर, ओभरसियर, चार्टर्ड एकाउन्टेन्ट (सिए) र हेभी इक्युपमेन्ट अपरेटरमा कर्मचारी मागेको हो ।  सबै पदमा योग्यता पुगेका व्यक्तिले तुरुन्तै आवेदन दिन सक्नेछन् ।

 इच्छुक तथा योग्यता पुगेका व्यत्तिले आफ्नो व्यक्तिगत विवरण  [email protected] मा मेल गर्न सक्नेछन् । कम्पनीको काठमाडौंको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्लामा रहेको कार्यालयमा आफ्नो बायोडाटा बुझाउन सक्ने छन् । यस्तै कार्यालयको फोन ५१११०९३/५१११०३७ मा पनि सम्पर्क गर्न सक्नेछन् । सिद्धकाली पावरले धादिङको गल्छीमा ७५ मेगावाट विद्युत उत्पादन गर्दैछ । कम्पनीबारे यसको वेवसाइटमा लगइन गरेर जानकारी लिन सकिने छ ।  

587f13d343846.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको