Like us!
Follow us!
Connect us!
Watch us!
कर फछ्र्योट आयोग गठन गर्न उद्योग बाणिज्य महासंघले माग गरेको दावी

सुन तस्करीको आरोप लागेपछि अर्थमन्त्री महराको सचिवालयले गर्यो खण्डन

मंगलबार, ०४ माघ २०७३, १२ : ४७ मा प्रकाशित

सुन तस्करीको आरोप लागेपछि अर्थमन्त्री महराको सचिवालयले गर्यो खण्डन

अर्थ संसार

काठमाडौं–सनु तस्करीमा नाम जोडिएपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको सचिवालयले त्यसको खण्डन गरेको छ । सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै ‘चरित्र हत्या गर्ने ढंगले समाचार प्रकाशन भएकोमा अर्थ मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको’ जनाएको छ । ‘बिशेषगरी केही पत्रिकामा राजनितिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले  माननिय मन्त्रीज्यूको बद्नाम गर्ने गरीे समाचार प्रकाशन भएकोमा अर्थ मन्त्रालय खेद प्रकट गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्न अर्थमन्त्रीले मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीहरुलाई स्पष्ट निर्देशन दिएको सचिवालयले जानकारी गराएको छ । केही दिनअघि त्रिभुवन विमानस्थलबाट बरामद भएको ३३ किलो र बालाजुबाट बरामद भएको १५ किलो सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएर विभिन्न संचार माध्यममा समाचार प्रकाशित भइरहेको छ । 

कर फछ्र्यौट आयोग गठन गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको सचिवालयले बताएको छ । ‘त्यस विषयमा कुनै निर्णय नभएको प्रष्ट पार्न चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ  । अर्थमन्त्रीले एनसेललाई लाभकर छुट दिने प्रपन्च रहेको आरोपसमेत लाग्दै आएको छ । अर्थमन्त्री महरा विना औपचारिक कार्यक्रम सुटुक्क एक्लै मलेसिया गएर फर्केपछि उनले कर फछ्यौट आयोग गठन गर्ने प्रक्रिया अगाडि बढाएका थिए । 

यो पनि पढ्नुहोस्

नेपाल लाइफको एफपिओमा १२ गुणा आवेदनबजारमा नगद अभाव चुलिएका बेला थुप्रियो ५२ अर्ब

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराष्ट्रपति जन्ती, पूर्वराजा घरगाउँले (फोटो फिचर)

विवादका कारण सिंहदरबार निर्माण अलपत्र 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको