Like us!
Follow us!
Connect us!
Watch us!
चार सय प्रतिशत हकप्रद घोषणा गर्ने ग्रिनको मूल्य बढेको बढ्यै

अधिकांश कम्पनीको सेयर मूल्य घट्यो, कारोबार रकमसमेत ३४ करोडमै सीमित

मंगलबार, ०४ माघ २०७३, १६ : २३ मा प्रकाशित

अधिकांश कम्पनीको सेयर मूल्य घट्यो, कारोबार रकमसमेत ३४ करोडमै सीमित

अर्थ संसार

काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मंगलबार कारोबार भएका  अधिकांश कम्पनीको मूल्य घटदा परिसूचक ३.०५ अंकले ओरालो लागेको छ । कारोबार सुरु हुनासाथ दुई अंकले बढेको बजार साँढे १२ बजेसम्म झण्डै १५ अंकले घटेको थियो ।

सपछि किन्नेको चाप बढ्दै गएकाले अन्ततः ३ अंकले घटेर १४६३.०४ अंकमा बन्द भएको हो ।  यस दिन कुल कारोबार रकम भने ३४ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै २५ करोडले थोरै हो । नेप्से झिनो अंकले घट्दो पनि बजार पूँजीकरण भने अघिल्लो दिनको तुलनामा ३ अर्बभन्दा बढीले घटेको छ । मंगलबार समग्र बजार पूँजीकररण १६ खर्ब ४६ अर्बमा समेटिएको छ ।यस दिन बैंकिङ ३.९९, जलविद्युत ४.४८, वित्त ४.७, बीमा २२.७७ र अन्य समुह २.६१ अंकले घटेका छन् । यीबाहेक होटल ३४.८५, विकास बैंक २.८५ र उत्पादन समुह भने ०.३५ अंकले बढेका छन् ।  

बजारमा मंगलबार प्रभुको ७ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक १ करोड ८२ लाख, सिद्धार्थ बैंक १ करोड ८० लाख, नेपाल लाइफ इन्सस्योरेन्स कम्पनी १ करोडा ४७ लाख र बैंक अफ काठमाडौं लुम्बिनीको १ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । 

यस दिन कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र ४ सय प्रतिशत हकप्रद दिने घोषणा गरेको ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले झण्डै १० प्रतिशतले कमाएका छन् । यसपछि राप्तिभेरी विकास बैंक, साइन रेसुुङगा विकास बैंक, मञ्जुश्री फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले राम्रो कमाइ गरेका छन् । यस दिन श्रृजना फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, तिनाउ बिकास बैंक र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले उच्च दरमा सम्पत्ति गुमाएका छन् ।

राम्रो कमाइ गरेको दोस्रो चौमासिक विवरण सार्बजनिक गरे पनि प्रभु बैंकको सेयर अघिल्ला दिनहरुको जस्तै घटेको छ । प्रभुले दोस्रो त्रैमासमा १ अर्ब ११ करोड खुद नाफा गरेको थियो । ग्रान्ड बैंकका सेयरधनीले प्रभुमा गाभिएपछि बल्ल सेयर बेच्न पाएकाले बजारमा विक्री चाप बढाउँदा उक्त बैंकको सेयर मूल्य घटेको हो । कारोबार खुलेयता उक्त बैंकको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको