Like us!
Follow us!
Connect us!
Watch us!
रकम ट्रान्सफर, स्टेटमेन्ट तथा चेकबुक अर्डर, चेक तथा डेविट कार्ड रोक्का गर्न सकिने

कृषि विकास बैंकले सुरु गर्यो मोबाईल बैंकिङ

मंगलबार, ०४ माघ २०७३, १७ : १४ मा प्रकाशित

कृषि विकास बैंकले सुरु गर्यो मोबाईल बैंकिङ

अर्थ संसार
काठमाडौ–मुलुककै पूरानोमध्ये एक कृषि विकास बैंकले अत्याधुनिक प्रविधिको मोवाइल बैंकिङ सुरु गरेको छ । बैंकलाई मोवाइल बैंकिङ सेवा एफ वन सफ्टले उपलब्ध गराएको हो । मोवाइल बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतामा बैंकका बजार तथा शाखा व्यवस्थापन विभाग प्रमुख प्रेमकुमार श्रेष्ठ र एफ वन सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । बैंकले आफ्ना ग्राहकहरुलाई एडिविएल स्मार्ट बैंकिङ  नाममा मोबाइल बैंकिग सेवा उपलब्ध गराउने छ । 

बैंकको आवश्यकताअनुसार एफ वन सफ्टले तयार गरेको उक्त सफ्टवेयर अत्यन्त सुरक्षित, भरपर्दाे रहेको कम्पनीको दावी छ । यसमा हालसम्म नेपालका अन्य बैंकहरुमा प्रयोग नभएको सुरक्षा प्रणाली र यसमार्फत हुने वित्तिय कारोबारलाई थप सुरक्षित गर्न ओपिटीको व्यवस्थासमेत रहेको बैंकले जनाएको छ । ग्राहकले सेवा लिन एडिविएल स्मार्ट बैंकिङमार्फत वा अनलाईनमै आवेदन फारम भर्न सकिन्छ । यसमा बैंक कर्मचारीको संलग्नतालाई लगभग शून्य पारिएको तथा ५ तहको सुरक्षा प्रणाली अवलम्बन गरिएको बैंकले जनाएको छ ।

हरेक कारोबारको सूचना प्राप्त हुने, रकम ट्रान्सफर गर्न सकिने, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न सकिने, चेक तथा डेविट कार्ड रोक्का गर्न सकिने, कर्जाको साँवा तथा व्याज भुक्तानीसम्बन्धि जानकारी लिन सकिने लगायतका सुविधा यसमा उपलब्ध छन् । यस वर्ष सेवा लिने ग्राहकलाई बार्षिक शुल्क नलाग्ने समेत बैंकले जनाएको छ । 

यो पनि पढ्नुहोस्

सिद्धकाली पावरले माग्यो इन्जिनियरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म 

अधिकांश कम्पनीको सेयर मूल्य घट्यो, कारोबार रकमसमेत ३४ करोडमै सीमित

नेपाल धितोपत्र बोर्डले माग्यो १४ जना कर्मचारी 

सुन तस्करीको आरोप लागेपछि अर्थमन्त्री महराको सचिवालयले गर्यो खण्डन

नेपाल लाइफको एफपिओमा १२ गुणा आवेदनबजारमा नगद अभाव चुलिएका बेला थुप्रियो ५२ अर्ब

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराष्ट्रपति जन्ती, पूर्वराजा घरगाउँले (फोटो फिचर)

विवादका कारण सिंहदरबार निर्माण अलपत्र 

कति होलान् अमेरिकामा नेपाली ?एनआरएनएको अध्ययन टोली भन्छः २३११४१

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको