Like us!
Follow us!
Connect us!
Watch us!
मुलुकभरको डाटा आउँदै रहेकाले केही बढ्न सक्ने

नेपाल लाइफको एफपिओमा ४० अर्बभन्दा बढीको आवेदन

सोमबार, ०३ माघ २०७३, १२ : ५३ मा प्रकाशित

नेपाल लाइफको एफपिओमा ४० अर्बभन्दा बढीको आवेदन

अर्थ संसार

काठमाडौं–नेपाल लाइफल इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपीओ) मा ४० देखि ४२ अर्ब रुपैयाँ बराबरको आबेदन परेको छ । एफपिओ विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो प्रारंभिक अनुमान हो । मुलुकभरका संकलन केन्द्रबाट आवेदनको जानकारी आइरहेको छ । सबै संकलन केन्द्रको विवरण आएपछि एकिन आवेदन रकम सार्बजनिक गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ । 

नेपाल लाइफको एफपिओमा अन्तिम दिन धेरै आवेदन परेको छ । सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालयमा अन्तिम दिन बुधबार मात्रै ३ अर्बभन्दा बढीको आवेदन परेको एक कर्मचारीले बताए । त्यस केन्द्रमा सुरुका तीन दिनमा करिव १ अर्ब रुपैयाँको मात्र आवेदन परेको थियो । 

सुरुका तीन दिनमा मुलुकभर करिव ४ गुणा आवेदन परेको थियो । ती दिन १ लाख ५ हजारजनाभन्दा बढीले आवेदन गरेका थिए । गत शुक्रबार एकै दिन ४६ हजार आबेदकबाट साढे सात करोड रुपैयाँ बराबरको आबेदन दिएका थिए । नेपाल लाइफको एफपिओमा दोस्रो दिन बिहीबार ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यस दिन ३६ हजार जनाले आवेदन दिएका छन् । 

त्यसअघि पहिलो दिन बुधबार २२ हजार ८ सय ६६ आवेदन परेको थियो । त्यति आवेदनबाट ३ अर्ब १२ करोड ८२ लाख ६२ हजार ४ सय ९० रुपैयाँ संकलन भएको थियो । 

नेपाल लाईफले बुधबारदेखि एफपिओ निस्कासन खुला गरेकामा आइतबार आवेदन बन्द गरेको हो । कम्पनीले ३१ लाख कित्ता सेयर निस्कासन गरेको थियो । नेपाल लाइफले १ सय रुपैयाँ मूल्य अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम जोडेर १४२५ रुपैयाँ प्रतिकित्तामा एफपिओ निस्कासन गरेको हो । 

एफपीओमा न्युनतम १० कित्ता र अधिकतम ३० हजार ९ सय ६० कित्तासम्मका लागि आबेदन गर्न सकिने ब्यवस्था थियो ।  नेपाल लाईफले सर्बसाधारणको सेयर अनुपात बृद्धि गर्न ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गरेको हो । नेपाल लाइफको एफपीओ निश्काशनपछि प्रिमियमा संकलन गरेको रकम ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुनेछ । यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड नाघ्ने छ । 

त्यसैले एनएलआइसीको एफपिओमा अन्तिम दिन संस्थागत र ठूला लगानीकर्ताले आबेदन गरेका थिए । त्यसैले अन्तिम दिन अरु दिनको तुलनामा दोब्बरभन्दा बढी रकम जम्मा भएको थियो । एफपिओमा सामुहिक लगानी कोषसँगै बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले समेत आबेदन गर्न पाउँने भएकाले यति धेरै आवेदन परेको हो । 

यो पनि पढ्नुहोस्

नेपाली युवतीको उपचारमा जुट्यो लाखौं,  श्रीमानले उडाए किनमेलमा 

प्रोफेशनल दियालो विकास बैंक लक्ष्मीमा भयो विलय

सान्जेन जलविद्युत्ले ८७ लाख कित्ता सेयर निस्कासन गर्ने

सिद्धार्थ डेभलपमेण्ट बैंकको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

बल आइएमई बैंकले पनि पायो आस्बा प्रणाली संचालन गर्ने स्वीकृती

सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको