Like us!
Follow us!
Connect us!
Watch us!
नागरिक लगानी कोषलाई तोक्यो विक्री प्रबन्धक

सान्जेन जलविद्युत्ले ८७ लाख कित्ता सेयर निस्कासन गर्ने

सोमबार, ०३ माघ २०७३, १० : ०२ मा प्रकाशित

सान्जेन जलविद्युत्ले ८७ लाख कित्ता सेयर निस्कासन गर्ने

अर्थ संसार
काठमाडौं– सान्जेन जलबिद्युत् कम्पनी लिमिटेडले पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्ने भएको छ । पहिलो चरणमा समुह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिसत र संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिसत र ‘घ’ अन्तरगतका कर्मचारी संचय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिसत गरी त्यति परिमाणम सेयर निस्कासन गर्न लागेको हो ।

सेयर  निस्कासन गर्न नागरिक लगानी कोषसँग सम्झौता गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा  कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे । सान्जेनका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भूकम्प, नाकाबन्दीलगायतका कारणले सेयर निस्कासनमा केही ढिलाई भएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको