Like us!
Follow us!
Connect us!
Watch us!
नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक नियुक्त

सिद्धार्थ डेभलपमेण्ट बैंकको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

सोमबार, ०३ माघ २०७३, १० : ०७ मा प्रकाशित

सिद्धार्थ डेभलपमेण्ट बैंकको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

अर्थ संसार
काठमाडौं–सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले शेयरधनीका लागि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशन गर्न सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

 यस सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नविलका प्रमुख कार्यकारी अधिकृत  प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे ।बैंकको मंसीरमा सम्पन्न् १७ औ वार्षिक साधारण सभाले २५ बोनस शेयरपछि १० बराबर ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न निणर्य गरेको थियो ।

बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड ९१ लाख ६७ हजार ६ सय रुपैयाँ चुक्ता पुँजी रहेको छ । हकप्रद शेयर निष्काशन गरेपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब २७ करोड ६६ लाख रुपैयाँ पुग्ने छ । बैंकले चालु आर्थिक वर्ष कमाएको नाफावाट बोनस वितरण गरी नेपाल राष्ट्र बैंकको तोकको २ अर्ब ५० करोड चुक्ता पूँजी  पुर्याउने जनाएको छ । बैंकले देशभर रहेको ३३ शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा ८ वटा नयाँ शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको