Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली युवतीको उपचारमा जुट्यो लाखौं,  श्रीमानले उडाए किनमेलमा

सोमबार, ०३ माघ २०७३, १२ : २१ मा प्रकाशित

नेपाली युवतीको उपचारमा जुट्यो लाखौं,  श्रीमानले उडाए किनमेलमा

अर्थसंसार
काठमाडौँ – अष्ट्रेलिया जाँदा सृष्टी खनालले छुट्टै संसारमा पुगेको अनुभव गरेकी थिइन् । उनीसँग श्रीमान थिए । विकसित मुलुकको भिसा थियो ।जव उनको मृगौला फेल भयो, अर्को रोग ब्रेन हेमरेजसमेत थपियो । उनी कोमामा पुगिन् । उनको यस्तो अबस्था देखेर सहयोगी हात अगाडि बढे ।

हजारौं रुपेयाँ जम्मा भयो । त्यसरी उनको उपचारका लागि जम्मा भएको रकम उनका श्रीमानले किनमेलमा उडाए । उनको उपचार सहयोगका लागि जम्मा भएको १ लाख ८० हजार अष्ट्रेलियन डलर  डलर उनका श्रीमानले दुरुपयोग गरे । यही घटना अहिले पश्चिमा संचारमाध्यममा छाइरहेको छ ।

समय समयमा विविध घटनाहरु सामाजिक सन्जालमा भाइरल हुने गर्छन् । केही समयअघि सृष्टिको उपचारको लागि खर्च अभाव भएको समाचार सामाजिक संजालहरुमा भाइरल भएको थियो ।सन् २०१४ जुलाई २२ मा उनी श्रीमानसहित अष्ट्रेलिया गएकी थिईन् । अनेकौं सपना बोकेर मास्टर्स इन इन्फरमेशन टेक्नोलोजी विषयको अध्ययनको लागी सृष्टि त्यता गएकी हुन् ।

अष्ट्रेलिया गएको महिना दिनमै उनलाई मृगौलाको समस्या देखियो । चिकित्सकले सृष्टिलाई ब्रेन हेम्ब्रेज भएको र मृगौला फेल भएको बताए । उनलाई उपचारका लागि रोयल मेलबर्न हस्पिटलमा राखिएको थियो । उनको बाँच्ने सम्भावना ५ प्रतिशत मात्र भएको जानकारी चिकित्सकले दिएका थिए । पढ्नका लागि विदेश गएकी सृष्टिसँग केही डलर मात्र बाँकी थियो । विरामी हुदाँ उनको तौल घटेर ३५ केजीमा झरेको थियो ।

अष्ट्रेलियामा रहेको नेपाली समुदायलगायत सामाजिक संजालमा उनको उपचारका लागि खर्च जुटाउने कार्य अघि बढ्यो । जम्मा भएको सबै पैसा उनका श्रीमान दिजेश कोइरालाले राखेका थिए ।उनको उपचारका लागि पहिलो पटक निता थपलियाले १ सय १० डलर जम्मा गरेकी थिईन् भने २ हजार ८८ जनाले अनलाईबाटै ८५ हजार ३ सय ३४ डलर उनका उपचारका लागि दान गरेका थिए । उनको उपचारका लागि उनका बाबा पनि अष्ट्रेलियामा पुगेका थिए ।

श्रीमती हस्पिटलमा कोमामा रहँदा समेत उनका श्रीमान दिजेस सामान किन्न बजार जान थाले । उनका श्रीमानले मोटरसाइकल र क्यामरा किने । उनका साथीले सृष्टिलाई दिएको जानकारीअनुसार उनले ल्यापटप किन्नसमेत डलर छुट्याए । कोइरालाले ५ हजार डलर आफ्नो परिवारलाई नेपाल पठाएको जानकारी सृष्टिले प्राप्त गरेकी थिईन् ।

 दुई महिनाको अस्पताल बसाईपछि उनी निको भएर आफ्नो अपार्टमेन्टमा फर्किँदा नयाँ सामान थपिएको देखिन् । पछि उनी आफ्नो बाबाको साथ नेपाल फर्किएकी थिईन् । नेपाल फर्किएपछि उनका सासूससूराले समेत आफूलाई भेट्न नआएको गुनासो उनले गरेकी छन् ।

अहिले पति दिजेस उनको सम्पर्कमा छैनन् । त्यहाँको सोलिसिटर शमशेर थापाले सृष्टिको सहयोगका लागि श्रीमान्सँग अधिकार पाउन निशुल्क मुद्दा लडिरहेका छन् । दीजेश अहिले नेपालमा छन् । उनलाई सृष्टिको तर्फबाट लिगल नोटिस पठाइएको छ । सृष्टि आफ्नो सम्पत्तिको अधिकार पाउन कानुनी लडाईंमा छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको